नोबेलमा टाउको र मेरुदण्ड सम्बन्धि चोटको अप्रेशन निःशुल्क
बिराटनगर– टाउको र मेरुदण्डमा लागेको चोटको अप्रेशन नोबेल शिक्षण अस्पतालमा निःशुल्क हुने भएको छ । गरिब तथा बिपन्न नागरिकले हेड इन्जुरी र स्पाईनल इन्जुरीको अप्रेशन निःशुल्क गराउन पाउने भएका हुन् ।
बिपन्न नागरिक औषधि उपचार कोष मार्फत बिभिन्न ६ प्रकारको उपचारमा बिपन्न बिरामीहरुले १ लाखसम्मको सहुलियत पाउँदै आएका छन् । टाउको र मेरुदण्डमा लागेको चोटको अप्रेशन तुलनात्मक रुपमा महंगो पर्ने हुँदा नोबेलले गरिव तथा बिपन्न बिरामीलाई लक्षित गर्दै शल्यक्रिया शुल्क न्यूनतम कायम गरेर निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
गरिव तथा बिपन्न बिरामीको आर्थिक समस्यालाई मध्यनजर गर्दै अस्पताल सञ्चालक डा.सुनिल शर्माले न्यूरो सम्बन्धि शल्यक्रिया शुल्क न्यूनतम ३० हजारदेखि अधिकतम ५५ हजार मात्र कायम गराएपछि टाउको र मेरुदण्डको शल्यक्रिया निःशुल्क हुन थालेको न्यूरो सर्जन डा.प्रकाश काफ्लेले बताए ।
बिपन्न नागरिक औषधी उपचार कोषको सहुलियत रकम भन्दा शल्यक्रिया शुल्क कम भएकाले बिपन्न बिरामीले टाउको र मेरुदण्डको शल्यक्रिया गराउँदा अप्रेशन शुल्क तिर्नु नपर्ने भएको हो । गायत अत्याधुनिक उपकरण रहेकाले जटिल शल्यक्रिया पनि सफल पार्न सहज हुने गरेको छ ।
जर्मन, अमेरिका लगायत देशबाट अत्याधुनिक उपकरणसँगै बिषेशज्ञ डाक्टरको ब्यवस्थापन गरी स्तरीय उपचारलाई निरन्तरता दिएपछि नोबेलमा अहिले नेपालका बिभिन्न जिल्लासँगै भारत, माल्दिभ्स लगायत देशका विरामी पनि उपचारका लागि आउँने क्रम बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत
-
स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेलाई समर्थन नगर्न माओवादीको निर्देशन
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
प्रधानमन्त्रीसँग ८७ जना चीन भ्रमणमा जाने
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत