बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सुरुः  पहिलो चरणमा ७ सयलाई रोजगारी ( १५ तस्विरमा हेर्नुहोस् )

शुक्रबार, २४ जेठ २०७६, १५ : ४९
शुक्रबार, २४ जेठ २०७६

भक्तपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सुर्यविनायकमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अभियान सुरु गरेका छन् ।  भक्तपुरका चारवटै नगरपालिकामा शुक्रबार प्रारम्भ गर्दै उनले भने, ‘सरकार विरोधी केही तत्वहरु सक्रिय छन्, उनीहरु कुनै हालतमा सफल हुँदैन ।’

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ लागू गरेको बताए ।  कार्यक्रमबाट पहिलो चरणमा भक्तपुरका तीनवटा नगरपालिकाका करिब ७ सय बेरोजगार युवालाई रोजगारी पाएका छन् । करिव १ हजार ५ सय युवाहरुले भने बेरोजारको सूचिमा नाम दर्ता गराएका थिए । 

सो अवसरमा ओलीले सूवर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको प्रारम्भ गर्दै कार्यक्रमसँग आबद्ध भएका युवाहरुलाई सावेल लगायत उपकरण हस्तान्तरण गरेका छन् । भक्तपुरका चारवटै नगरपालिकाको सहभागिता हुने भनिएपनि भक्तपुर नगरपालिकाले यो कार्यक्रममा सहभागिता जनाएन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप