मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको ठमेलमा कामना सेवाकोे ८७ औं शाखा

शुक्रबार, २४ जेठ २०७६, १३ : ०५
शुक्रबार, २४ जेठ २०७६

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिका वडा नं. २६ स्थित ठमेलमा आफ्नो ८७ औं शाखा संचालना ल्याएको छ ।

बैंकका अध्यक्ष सुिदप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे । 

बैंकका संस्थापक कृष्ण आचार्य तथा संचालक चतुराखर अधिकारीले बैंकले द्रुतगतिमा शाखा तथा कारोबार विस्तार गरेकोमा बैंक हरेक दृष्टिले अब्बल बन्नु पर्ने धारणा राखेका थिए ।  

प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको हाल सम्मको संक्षिप्त जानकारी दिँदै भावी योजनाहरुको बारे जानकारी गराए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप