शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोटेश्वरमा २१ वर्षीय निमा शेर्पामाथि खुकुरी प्रहार, एकजना पक्राउ

शुक्रबार, २४ जेठ २०७६, १२ : २८
शुक्रबार, २४ जेठ २०७६

काठमाडौं । काठमाडौं वौद्ध बस्ने दोलखा घर भएका २१ वर्षीय निमा शेर्पालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने सर्लाही नवलपुर घर भएका २४ वर्षीय विशाल मगररहेका छन् । 
 
कोटेश्वरस्थित एसओएस मोड नजिक मगर लगायतका ४ जनाको समूहले शेर्पालाई कुटपिट तथा धारिलो हतियार खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । 

घटना भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले मगरलाई पक्राउ गरेको हो । 

घाइते निमा शेर्पालाई उपचारको लागि सिभिल अस्पताल मिनभवन लगिएको छ । 

घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप