शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अल्जाइमरको नयाँ औषधी कम्पनीले किन लुकायो ?

शुक्रबार, २४ जेठ २०७६, ०८ : १५
शुक्रबार, २४ जेठ २०७६

गत वर्ष जनवरीमा औषधी बनाउने अमेरिकी कम्पनी फाइजरले अल्जाइमर र पार्किन्सनजस्ता रोगको नयाँ औषधी नबनाउने घोषणा गर्दा बिरामी र शोधकर्ताबीच निराशा छाएको थियो ।

यसअघि यो कम्पनीले अल्जाइमरका लागि वैकल्पिक औषधीको खोजीमा लाखौं डलर खर्च गरिसकेको थियो । त्यसपछि उनीहरुले उक्त पैसा अन्य काममा खर्च गर्ने निर्णय गरे ।

फाइजरले उक्त रकम आफ्नो वैज्ञानिकको राम्रो पकड भएको क्षेत्रमा खर्च गर्ने घोषणा गर्‍यो ।

तर अब अमेरिकी पत्रिका वासिङ्टन पोष्टको एक खबर अनुसार कम्पनीले अल्जाइमरविरुद्ध लड्न निकै महत्वपूर्ण नतिजालाई लुकाएर राखेको खुलासा गरेको छ ।

यस्तो किन गरियो, यो बुझ्न यसकारण पनि मुश्किल छ किनभने मानसिक स्वास्थ्यलाई अहिलेको चिकित्सा जगतले निकै ठूलो चुनौती मानिरहेको छ ।

यो अध्ययन सयौं बिमा दाबीको आधारमा गरिएको थियो जसमार्फत् थाहा हुन्छ कि इनफ्लेक्सन (सुन्निने) लाई कम गर्ने फाइजरको एउटा औषधी ‘एम्ब्रेल’( जुन रयुमेटाइड अर्थराइटिसको उचारका लागि प्रयोग गरिन्छ) ले अल्जाइमरको खतरालाई ६४ प्रतिशतसम्म कम गर्न सक्थ्यो ।

सन् २०१८ मा फाइजरको एक आन्तरिक समितिको एउटा प्रेजेन्टेशनमा भनिएको थियो, ‘एम्ब्रेलले अल्जाइमरलाई रोक्न सक्थ्यो, त्यसको उपचार र रोगको वृद्धिदरलाई कम गर्न सक्थ्यो ।’

कम्पनीले वासिङ्टन पोष्टसँगको कुराकानीमा यो नतिजा सार्वजनिक नगरेको कुरा पुष्टि गरेको छ ।

पत्रिकाले भन्यो, ‘कम्पनीका अनुसार तीन वर्षको आन्तरिक समीक्षाको क्रममा एम्ब्रेल नामको औषधी दिमागको तन्तुसम्म नपुग्ने भएकाले अल्जाइमरको उपचारमा खासै प्रभावकारी हुँदैन ।’

फाइजरले भनेको थियो, ‘अल्जाइमर विरुद्ध यो औषधीको क्लिनिकल ट्रायलको सफलताको असर कम थियो ।’

‘गलत बाटो’

फाइजरलाई उद्धृत गर्दै वासिङ्टन पोष्टले लेखेको छ, ‘आफ्नो शोधको नतिजा हामीले यसकारण पनि सार्वजनिक गरेनौं किनभने यो अल्जाइमरको अन्य औषधीको खोजीमा जुटेका थुप्रै वैज्ञानिकलाई भड्काउन सक्थ्यो ।’

यो खबरमा केही प्रतिष्ठित वैज्ञानिकलाई पनि उद्धृत गरिएको छ । अल्जाइमरमाथि शोध गरिरहेकी हार्वर्ड मेडिकल स्कूलकी प्राध्यापक रुडोल्फ ई.तन्जी भन्छिन्, ‘उनीहरुले यस्तै गर्नुपर्दथ्यो ।’

अल्जाइमरका एक अन्य अनुसन्धानकर्ता जोन होपकिन्स विश्वविद्यालयका प्राध्यापक किनन वाकरले भने, ‘वैज्ञानिकका लागि यो जानकारी निकै उपयोगी हुन्छ । जानकारी चाहे सकारात्मक होस् वा नकारात्मक, यसले हामीलाई उत्कृष्ट निर्णय लिन मद्दत गर्छ ।’

फाइजरलाई एउटा रोगका लागि बनाइएको औषधी अन्य रोगको उपचारमा थप प्रभावकारी हुन्छ भनेर निश्चित रुपमा थाहा छ । भियग्राको सम्बन्धमा यस्तै भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप