शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा हावाहुरी : एकको मृत्यु, ५३ जना घाइते

शुक्रबार, २४ जेठ २०७६, ०६ : ५८
शुक्रबार, २४ जेठ २०७६

कैलालीमा बिहीबार साँझ आएको हावाहुरीमा परी एक जनाको मृत्यु भएको छ ।  हावाहुरीमा परी घाइते भएका गोदावरी नगरपालिका माझगाउँका वीरबहादुर चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।

हावाहुरीमा सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा गरी ५३ जना घाइते भएका प्रहरीले जनाएको छ ।   

बिहीबार साँझ ८ बजेतिर आएकाृ हावाहुरीमा परि कञ्चनपुरमा पुरुष ३, महिला ८, बालक ५ र बालिका ५ जना गरि जम्मा २१ घाइते भएको जिल्ला प्रहरी कार्यालय भामदत्तनगरका डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए । 

यस्तै कैलाली आसपासमा जम्मा ३२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदिप गिरीले जानकारी दिए ।

एसपी गिरीका अनुसार रातको समय भएकाले अन्य क्षतिको विवरण भने आउन सकेको छैन । तर रुखहरु ढलेका छन् भने सयौं घरका छानाहरु उडाएको छ ।

घाइतेहरुको अहिले स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप