शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

महाधिवेशनपछि यस्तो बन्नेछ राजपा नेपाल

बिहीबार, २३ जेठ २०७६, १७ : ३२
बिहीबार, २३ जेठ २०७६

काठमाडौ‌ं–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशनपछि १७१ सदस्यीय कार्यसमिति हुने भएको छ ।  पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठन भएको विधान मस्यौदा तयारी समितिले तयार पारेको विधान मस्यौदामा केन्द्रीय कार्यसमिति १७१ सदस्सीय हुने उल्लेख गरिएको हो । 
विधानअनुसार केन्द्रीय समिति र अन्य समितिका अध्यक्ष एउटा समितिमा एक समयभन्दा बढी रहन पाउने छैनन् । यो कुरा विधानको विविधमा शीर्षकमा राखिएको छ । 

यस्तै पार्टी अध्यक्ष मात्र रहनेछन् भने उपाधयक्ष ७ जना, महासचिव ३ जना, सहमहासचिव ७ जना, कोषाध्यक्ष १ जना, सह कोषाध्यक्ष १ र प्रवक्ता ३ जना पदाधिकारी रहनेछन् । हाल राजपा नेपाल अधयक्षमण्डल प्रणालीबाट चलिरहेको छ ।
 कार्यसमितिमा ७० प्रतिशत निर्वाचित र ३० प्रतिशत केन्द्रीय अध्यक्षले केन्द्रीय कार्य सम्पादन समितिको सिफारिसमा मनोनित गर्ने विधानको मस्यौदामा उल्लेख छ । 
पार्टीका प्रादेशिक समितिका अध्यक्ष र भातृ संगठनका केन्द्रीय अध्यक्ष केन्द्रीय समितिको आमन्त्रित सदस्य रहने बताइएको छ । 

छवटा विभिन्न दल मिलेर बनेको राजपा नेपालमा हाल अध्यक्षमण्डलका छजना रहेका छन् । महाधिवेशनपछि छजनामध्ये एकजना अध्यक्ष बन्नेछन् भने बाँकी पाँचजनालाई वरिष्ठ नेता, उपाध्यक्षदेखि लिएर केन्द्रीय परिषद्सम्ममा व्यवस्थापन गरिने बताइएको छ । 
महाधिवेशनबाट राजपा नेपालमा केन्द्रीय परिषद् र प्रदेश परिषद् पनि गठन हुनेछ । यसअघि केन्द्रीय परिषद्को व्यवस्था थिएन । 

केन्द्रीय परिषद्मा केन्द्रीय समितिका सबै सदस्य, सल्लाहकार समिति, संघीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला अध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख, नगरपालिका÷उपमहानगरपालिक ÷महानगरपालिकाका निर्वाचित प्रमुखहरु पार्टीमा योगदान गर्न सक्ने महत्वपूर्ण व्यक्तिहरुलाई मनोनित गरी राख्न सकिने प्रावधान राखिएको छ । 
केन्द्रमा विभिन्न १२ वटा समिति रहने विधानमा उल्लेख गरिएको छ । केन्द्रीय कार्य समिति,  केन्द्रीय परिषद, केन्द्रिय राजनीतिक समिति, केन्द्रीय कार्य सम्पादन समिति,  केन्द्रीय सचिवालय,  केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय संसदीय समिति, संघीय सांसदीय दल, केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति, केन्द्रीय लेखा परीक्षण समिति रहने प्रावधान राखिएको हो । 
यस्तै पार्टीमा १९ वटा भातृ संगठन रहने प्रावधान राखिएको छ । राष्ट्रिय विलर्थी संघ, राष्ट्रिय युवा संघ, राष्ट्रिय महिला संघ, राष्ट्रिय किशान संघ, राष्ट्रिय दलित संघ, राष्ट्रिय थारु÷राना थारु संघ, राष्ट्रिय मुस्लिम संघ, राष्ट्रिय आदिबासी जनजाती संघ, राष्ट्रिय प्रबाशी संघ, राष्ट्रिय बुद्धिजिबी संघ, राष्ट्रिय सास्कृतिक संघ, राष्ट्रिय सेबा निवृत राष्ट्र सेबक संघ, राष्ट्रिय अपाङ्ग संघ, राष्ट्रिय खेलखुद संघ, राष्ट्रिय भुतपुर्ब सैनिक संघ, राष्ट्रिय भुतपूर्व प्रहरी संघ, राष्ट्रिय सम्पर्क समिति, राष्ट्रिय सहकारी संघ, राष्ट्रिय ज्येष्ठ नागरिक संघ भातृ संगठनको रुपमा रहने बताइएको छ । 

संगठन विभाग, अन्तर्राष्ट्रिय विभाग, प्रचार प्रसार विभाग, प्रशिक्षण विभाग, आर्थिक विभाग, कानून विभाग, आदिवाशी जनजाती विभाग, थारु÷राना थारु विभाग,     दलित विभाग, मुस्लिम विभाग, गैर सरकारी संस्था समन्वय विभाग, मानवअधिकार विभाग गरी १२ वटा विभाग हुन्छ । 
राष्ट्रिय पत्रकार संघ, राष्ट्रिय शिक्षक संघ, राष्ट्रिय प्रधायापक संघ, राष्ट्रिय कानून व्यवसायी संघ, राष्ट्रिय चिकितसक संघ, राष्ट्रिय ईन्जीनियर संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, राष्ट्रिय टे«डयूनियन महासंघ,     राष्ट्रिय उद्योग व्यवसायी महासंघ, राष्ट्रिय वित्तिय कर्मचारी संघ, राष्ट्रिय कर्मचारी महासंघ गरि ११ वटा शुभेच्छुक संगठन रहनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप