बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेहाल सेयर बजार : एक दर्जन जलविद्युत कम्पनीको सेयर मूल्य सय रुपैयाँ भन्दा कम

बिहीबार, २३ जेठ २०७६, १७ : ०९
बिहीबार, २३ जेठ २०७६

काठमाडौं–सेयर बजारमा बजेटको असर देखिन छोडेको छ । सेयर बजारमैत्री बजेट आएको प्रतित्रि–या लगानीकर्ताले दिइरहँदा पछिल्लो दिनमा सेयर बजार घट्नेक्रम जारी छ ।

साताको अन्तिम दिन (बिहिबार जेठ २३) सेयर बजार ४.६९ अंकले घटेको छ । पछिल्लो समय शिवम सिमेन्टले सेयर बजारमा बाजी मार्दा केही जलविद्युत कम्पनीको सेयरको अवस्था भने बेहाल देखिएको छ । 
आइपीओ भन्दा कम मूल्यमा अझै पनि दोस्रो बजारको सेयर किन्न पाइन्छ । अर्थात सय रुपैयाँ भन्दा कम मूल्यका सेयर समेत बजारमा छन् । 

यति सस्तो सेयर हुने कम्पनीहरु हुन् जलविद्युत कम्पनी । सय रुपैयाँ भन्दा कम सेयर मूल्य भएका ११ वटा कम्पनी छन् । त्यसमा एउटा बाहेक सबै जलविद्युत कम्पनी रहेका छन् । 

शिवमको राज
भर्खरमात्र दोस्रो बजार प्रवेश गरेको शिवम् सिमेन्टमा भने पछिल्लो समय लगानीकर्ताको आकर्षण देखिएको छ । 

लगानीकर्ताहरु शिवम् सिमेन्ट यूनिलिभरकै हारहारीमा पुग्ने भन्दै विभिन्न समुहमा गफ गरिरहेको भेट्न सकिन्छ ।  साताको अन्तिम करोबारको दिन बिहीबार  सबैभन्दा बढी कारोबार हुनेमा शिवम सिमेन्ट नै देखिएको छ । 

सो दिन ७ करोड ७६ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर खरिद बित्र–ी भयो । यसदिन सम्म यसको मूल्य ६ सय ७८ रुपैयाँ प्रतिकित्ता छ ।

 शिवम्ले आइपीओ प्रतिकित्ता ३०० रुपैयाँमा निष्काशन गरेको थियो । नेप्सेले शिवम सिमेन्टलाई पहिलो करोबारका लागि न्यूनतम १६१ रुपैयाँ ६० पैसादेखि ४८४ रुपैयाँ ८० पैसाको कारोबार रेन्ज दिएको थियो । 

चैत १० गते ४ सय ६४ रुपैयाँ प्रतिकित्तामा यसको पहिलो कारोबार खुलेको थियो । त्यस दिनदेखि केही दिन लगातार शिवम सिमेन्टको सेयर मूल्यमा गिरावट आएपनि पछिल्लो समय कारोबार उकासिएको छ । शिवमको सेयरमा दिनहुँजसो पोजेटिभ सर्किट लागिरहेको छ । 

यी हुन् सबैभन्दा सस्ता सेयर भएका कम्पनी 
सबैभन्दा सस्तो सेयर खानीखोला जलविद्युत कम्पनीको छ । खानीखोला हाइड्रोपावरको सेयर ६७ रुपैयाँमा बजारमा किनबेच हुन्छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसको पछिल्लो कारोबार प्रतिसेयर ६७ रुपैयाँमै भएको छ । गत फागुनमा साधारणसभा गरेको खानीखोलाले लगानीकर्तालाई लाभांश पनि दिन सकेन । 

यता दिव्यस्वरी हाइड्रोपावरको पनि उस्तै अवस्था छ । दोस्रो बजारमा यसको सेयर मूल्य ६८ रुपैयाँ प्रतिकित्ता रहेको छ । दिव्यस्वरीले खासै राम्रो वित्तीय प्रतिवेदन प्रस्तुत गर्न सकेको छैन । 

सरकारले जनजनमा सेयर, घरघरमा विजुलीको नारा अगाडी सारिरहँदा झण्डै एक दर्जन जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण घटेको उनीहरुको सेयर मूल्यले देखाउँछ । 

सय रुपैयाँ भन्दा कम मूल्य भएका कम्पनी 
आँखुखोला जलविद्युत कम्पनी – ७५ रुपैयाँ
बरुण हाइड्रोपावर कम्पनी – ९६ रुपैयाँ
छ्याङदी हाइड्रोपावर – ९५ रुपैयाँ
दिव्यस्वरी हाइड्रोपावर – ६८ रुपैयाँ 
कालिकापावर कम्पनी – ७६ रुपैयाँ
खानीखोला जलविद्युत – ६७ रुपैयाँ
नेशनल हाइड्रोपावर कम्पनी – ६९ रुपैयाँ
रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी – ९४ रुपैयाँ
सिनर्जी पावर डेभलपमेन्ट – ९२ रुपैयाँ
युनिभर्सल पावर कम्पनी – ९५ रुपैयाँ 
वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स – ८४ रुपैयाँ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप