बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार दुर्व्यवहार प्रकरण: प्रदेश १ मा मिसन टोली गठन

बिहीबार, २३ जेठ २०७६, १४ : १०
बिहीबार, २३ जेठ २०७६

विराटनगर– नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिले इटहरीमा पत्रकारमाथि एकपछि अर्को पत्रकारमाथिको भएको दुव्र्यवहारको सत्यतथ्य अध्ययन गर्न मिसन टोली गठन गरेको छ । 

मिसन टोलीलाई अध्ययनपछि यथार्थ बाहिर ल्याउन जिम्मेवारी दिइएको छ ।  समितिको बिहीबार बसेको बैठकले पत्रकार मोहनकाजी न्यौपानेको संयोजकत्वमा गणेश लम्साल, अमर खड्का र जयकृष्ण यादव सदस्य (सदस्य रहेको मिसन टोली गठन गरेको हो ।

समितिले बैठकपछि जारी गरेको विज्ञप्तिमा सुनसरीको इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले समाचार लेखेकै आधारमा पत्रकारहरुलाई दिएको धाकधम्की र दुव्र्यवहारको घटनापछि पत्रकार विराट अनुपम(गौतम) विस्थापित हुने अवस्थामा पुगेकोले आवश्यक सुरक्षा र संरक्षणमा राख्ने निर्णय पनि गरेको उल्लेख गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप