बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली ढाको टोपी लगाएका इनफान्टिनो फेरी फिफाको अध्यक्ष

बुधबार, २२ जेठ २०७६, १९ : ३६
बुधबार, २२ जेठ २०७६

एजेन्सी । जियानी इनफान्टिनो विश्व फुटबल महासंघ (फिफा) को अध्यक्षमा पुनः निर्वाचित भएका छन् । फ्रान्सको पेरिसमा बिहिबार भएको फिफाको ६९औं फिफा कंग्रेसले इनफान्टिनोलाई चार बर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित गरेको हो । 

स्वीस नागरिक ४९ बर्षीय इनफान्टिनो सन् २०२३ सम्म विश्व फुटबलको सर्वोच्च निकायको अध्यक्षमा रहने छन् । फिफा अध्यक्षमा निर्वाचित भएपनि इनफान्टिनोले आफ्नो अघिल्लो कार्यकालमा फुटबललाई आपराधिक गतिविधिको जञ्जाल बाट मुक्तगरी फुटबल खेलको वास्तविक मूल्य र मान्यता दिलाउन सफल भएको बताए । 

उनले आफ्नो कार्यकलमा भएका फुटबलको आर्थिक, महिला फुटबलको विकास, रंगभेदविरुद्धको अभियान, भिएआर, क्लब विश्व कपमा २४ टोलीको सहभागिता सुनिश्चित जस्ता सकारात्मक कामको चर्चा पनि गरे । कंग्रेसमा विश्वका दुई सय ११ देशका प्रतिनिधिको सहभागिता रहेको थियो । 

फिफा कंग्रेसमा नेपालबाट अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा सहित उपाध्यक्षद्वय पंकजविक्रम नेम्वाङ, वीरबहादुर खड्का र सदस्य पेमा शेर्पा सहभागी छन् । एन्फा अध्यक्ष शेर्पाले फिफा इनफान्टिनोलाई नेपाली ढाको टोपी लगाई दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप