विश्व स्काउट भेलामा नेपालको झण्डा फहराइँदै
बुधबार, २२ जेठ २०७६, १४ : ०५
काठमाडौं । नेपाल स्काउटका प्रथम सगरमाथा आरोही युवा अनिश लुइटेलले विश्व स्काउट जम्बोरीमा नेपालको झण्डा फहराउने भएका छन् ।
लुइटेलले नेपालको संविधान, नेपाली झण्डा र विश्व स्काउटको जम्बोरीको झण्डालाई विश्वकै सर्वोच्च शिखरमा पु¥याएका थिए ।
त्यहाँबाट फर्काएर ल्याइएको झण्डा विश्वभरिका स्टाउटर भेला हुने समारोहमा लुइटेलले फहराउन लागेका हुन् ।
अमेरिकाको वेस्ट भर्ज्निियामा हुने २४ औं समारोहको उद्घाटन सत्रमा नेपाल र जेम्बोरीको झण्डा आयोजकलाई हस्तान्तरण गर्ने लुइटेलले बताए ।
कार्यक्रमले शान्तिको सन्देश दिन र नेपालको नामलाई विश्वमा चिनाउन मद्दत गर्ने उनले विश्वास व्यक्त गरे ।
पहिलो पटक २ चैत ०७२ मा सगरमाथा चढ्ने उनको प्रयास असफल भएको थियो । भूकम्पका कारण उनी क्याम्प २ बाट फर्किएका थिए ।
पछि पुन ७ जेठ ०७३ मा उनी सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु