
ADVERTISEMENT
सिद्धार्थ बैंक र सानिमा लाईफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स

काठमाडौं– सिद्धार्थ बैंक लिमिटेड र सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड बीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।
सो सम्बन्धि सम्झौता पत्रमा, सिद्धार्थ बैंकका तर्फबाट सहायक महा–प्रबन्धक अर्जुन भद्र खनाल र सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट महा–प्रबन्धक शिवराम तिमिल्सिनाले हस्ताक्षर गरे ।
सिद्धार्थ बैंकका सहायक महा–प्रबन्धक अर्जुन भद्र खनालले आगामी दिनहरुमा, सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडमा बिमा गर्ने ग्राहकवर्गहरुलाई आवश्यक बिमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नेहोस्
Loading comments...
तपाईको ईमेल गोप्य राखिनेछ