प्रेमीले बिहे गर्न नमान्दा प्रेमिकाले हानिन् दुई झापड, आवेगमा गरे हत्या
रुपन्देही–रुपन्देहीको गैडहवा गाउँपालिका–१ स्थित भुजौली बस्ने १८ वर्षीया सबनम नाउँको सोही स्थानका २३ वर्षीय असिरुद्दिन मुसलमानसँग प्रेम सम्बन्ध रहेको थियो ।
उनीहरु विगत छ महिनादेखि मोवाइलमार्फत सम्पर्क हुँदै भेटघाट बाक्लिएको थियो ।
वैशाख महिनाको अन्तिमतिर सबनम नाउँको घरमा बिहेको कुरा चल्यो । सामान्य परिवारकी नाउँ र असिरुद्दिन मुसलमानबीच प्रेम रहेको घरमा थाहा थिएन । जव घरबाट अर्को केटासगै बिहे गर्न बुवाले प्रस्ताव गरे अनि नाउँले आफ्ना प्रेमी मुुसमानलाई भागेर बिहे गर्न आग्रह गरिन् ।
गाउँघरमै ट्रयाक्याटर चलाउने काम गर्दै आएका उनले अहिले बिहे गर्ने बेला नभएको भन्दै तत्काल बिहे नगर्ने अडान लिए ।
मन परेको केटाले बिहे नगर्ने तर घरमा अर्को केटासँग बिहे गरिदिने तयारी भएपछि नाउँको बैशाख ३० गते साँझ मुसलमानसँग विवाद समेत भएको थियो । सो क्रममा उनले प्रेमीलाई दुई झापड हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जुन विवादपछि नै नाउँले ज्यान गुमाउनु परेको छ ।
जेठ १ गते बिहान ७ बजे गैडहवा गाउँपालिका–१ भुजौली, (रुपन्देही–कपिलवस्तु जिल्लाको सीमा, सुख्खा खोला) उनको शव फेला परेको थियो ।
प्रहरीले नाउँको हत्यामा संलग्न भएको अभियोगमा प्रेमी गैडहवा गाउँपालिका–१ का २३ वर्षीय असिरुद्दिन मुसलमान र हत्यामा सहयोग गर्ने कपिलवस्तुको वाणगंगा नगरपालिका–१० का २१ वर्षिय अस्लाम मुसलमानलाई नियन्त्रणमा लिएर सोमबार सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार जेठ ३० गते सवनमले आफ्नो प्रेमीलाई बिहे गर्न नमानेको भन्दै दुई झापड हिर्काएकी थिइन् । त्यसपछि आवेगमा आएर घर नजिकै एकान्त स्थानमा बोलाई असिरुद्दिनले आफ्नो साथीको सहयोगमा सलले सवनमको घाँटी कँसी हत्या गरेको खुल्न आएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले रातोपाटीलाई बताए ।
हत्यापछि घाँसपातले सोही स्थानमा शव छोपेर उनीहरु भागेका थिए ।
घटना भए पश्चात दुबै जना कपिलवस्तुको पकडी हुँदै फरार भएका थिए । भारतीय सीमा नाकामा रहेको असिरुद्धिनको फूपूको घरमा लुकेर बसेका उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको हो ।
सामान्यतया गर्मीमा दुईवटा कुर्ता लगाइदैन, तर शव फेला पर्दा मृतकको शरीरमा दुईवटा कुर्ता लगाएको भेटिएको थियो, चोटपटक कतै थिएन ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाका अनुसार पोष्टमार्टमका लागि शव काठमाडौं पठाइए पनि हत्याको सुरुमा कारण खुल्न सकेन । पछि मृतकको छिमेकमा नजिकको मान्छेहरुलाई शंकाको घेरामा राखेर अनुसन्धान गर्दै जाँदा सवनमको प्रेम सम्बन्ध असिरुद्दिनसँग रहेको पाइएको एसपी थापाले जानकारी दिए ।
प्रहरीले घटनामा संलग्न मुसलमान र अस्लाम मुसलमानमाथि कर्र्तव्य ज्यान मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन हडतालमा उत्रिए वायुसेवा निगमका पाइलटहरू ?
-
पूर्व प्रधानमन्त्रीहरूसँग ओली : यसपटक चीनसँग ऋण सम्झौता गर्दिनँ
-
बालेन र हर्कलाई मुकुलको आह्वान : वैकल्पिक राजनीतिक धार निर्माणका लागि एकजुट हौँ
-
काठमाडौँ–१६ को उपनिर्वाचनमा १० स्वतन्त्रसहित १८ जना मैदानमा, कसको चुनाव चिह्न के ? (सूचीसहित)
-
रुकुम पश्चिममा चक्कु प्रहार गरेर छोराले गरे बाबुको हत्या
-
उत्तर प्रदेशको सम्भल हिंसामा मर्नेको सङ्ख्या ४ पुग्यो