शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जस्तापाताले लागेर नवलपरासीमा एक बालिकाको मृत्यु

सोमबार, २० जेठ २०७६, १३ : ३१
सोमबार, २० जेठ २०७६

बुटवल । हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ  हावाहुरीले उडाएको  घरको  जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहले जानकारी दिएका छन् ।
घरमै बसेको बेला आएको हुरीले जस्ता पाता उडाएर अञ्जलीलाई लागेको थियो । शरिरमा बिभिन्न भागमा चोट लगेर उनको मृत्यु भएको हो । 
हावाहुरीले उडाएको जस्तापाताले लागेर अन्य केही व्यक्तिसमेत घाइते भएको र विनयी त्रिवेणीका वडा नम्बर ६ र ७ मा गरी करीब ८० घरमा क्षति पुर्याएको प्रहरी नायब निरीक्षक शाहले बताए । 
   हावाहुरीका कारण नेपाल भारत सीमा त्रिवेणी व्यारेज पुलमा सिसीटिभी अनुगमनका लागि स्थापना गरिएको अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप