शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ध्रुपद गायनमा विश्वमा छवि बनाएका उदय भवल्कर काठमाडौंमा

सोमबार, २० जेठ २०७६, १२ : ११
सोमबार, २० जेठ २०७६

काठमाडौँ – भारतका चर्चित ध्रुपद गायक पण्डित उदय भवल्कर यतिबेला काठमाडौँमा छन् । ध्रुपद गायनमा विश्वमा छवि बनाएका उनले ३५ जना नेपाली विद्यार्थीलाई ध्रुपद सिकाइरहेका छन् । 

ध्रुपद सेन्टर नेपालको आयोजनामा कालिकास्थान स्थित फलैँचा स्पटमा शनिबारदेखि हरेक दिन विहान बेलुका ध्रुपद गायन कार्यशाला भइरहेको छ । वर्षैभरि ध्रुपद गायन र कार्यशालाका लागि देश विदेश दौडिरहने पण्डित भवल्कर नेपाल भने पहिलो पटक आएका हुन् । उनको यो भ्रमणबाट शास्त्रीय संगीत सिकिरहेका नेपाली विद्यार्थीहरु निकै उत्साहि छन् । 

यसै पनि शास्त्रीय गायनको पुरानो शैली ध्रुपद गाउनेहरु नेपालमा कमै छन् । ध्रुपद गायनको गहकिलो अध्ययन र वर्षौँको अनुवभ भएका पण्डित भवल्करबाट यस विषयमा ज्ञान हासिल गर्न पाउनुलाई निकै ठूलो अवसर मानेका छन्, विद्यार्थी शरद न्यौपानेले । 

गायिका जोनिशा पौडेलको उत्साह पनि त्यस्तै रहेछ । भन्छिन्, ‘गुरु जी आउनुभन्दा पहिला जति उत्साही थिएँ, त्यो भन्दा बढि अहिले उहाँसँग सिक्न पाएकी छु, आश गरेको भन्दा धेरै सिक्ने अवसर पाएँ ।’
संगीतकर्मी श्री केसीको संयोजनमा भइरहेको कार्यशालामा ३५ जना विद्यार्थीको सहभागिता रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप