बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वुर्तिबाङमा दलित आमसभाको तयारी पूरा

सोमबार, २० जेठ २०७६, ११ : ५०
सोमबार, २० जेठ २०७६

बुटवल ।  दलित सञ्जाल बाग्लुङ्ग क्षेत्र नम्वर २ को आयोजनामा मंगलबार बुर्तिवाङ्गमा दलित आमसभा हुन गइरहेको छ । २०६३ साल जेठ २१ गते छुृवाछुत मुक्त राष्ट्र घोषणा भएको दिनलाई १४ औं जातिय विभेद तथा छुवाछुत उन्मुलन दिवसका रुपमा आमासभा  गर्न लागिएको र अन्तिम तयारी पुरा भएको मुल आयोजक समितिले जानकारी  दिएको छ ।

   ढोरपाटन नगरपालिका–१, वुर्तिवाङ्ग बसपार्कमा आयोजित  आमसभालाई ऐतिहासक बनाउने गरि तयारी भएको मुल आयोजक समिति संयोजक एवं त्यस क्षेत्रका दलित अगुवा अशोककुमार बिश्वकर्माले जानकारी दिए ।

  ‘ शिक्षित बनौ संगठित हौं, संघर्ष गरौं, जेठ २१ गते वुर्तिवाङ्ग बजार जाऔं विविध कार्यक्रममा रमार्आै ’  भन्ने मुल नाराका साथ आयोजना गरिएको आमसभामा प्रमुख अतिथीको आशनबाट ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सम्वोधन गर्ने छन ।

   त्यस्तै राष्ट्रिय दलित आयोकका कार्यवाह अध्यक्ष मनजित ताम्राकार  लगायत पश्चिम बाग्लुङ्गका स्थानिय तहका प्रमुख , उपप्रमुख लगायतका जनप्रतिनिधी , बुद्धिजिवी  र दलित अधिकारकर्मीहरुले पनि सम्वोधन गर्ने छन ।

   आमसभामा गल्कोट नगरपालिका , बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका , निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका पुरै दलित समुदाय उतार्ने कार्यक्रम रहेको संयोजक बिश्वकर्माले बताए ।

  त्यस्तै छिमेकी जिल्ला गुल्मी  र देशका विभिन्न क्षेत्रमा विशेष चर्चित दलित समुदायका ब्यक्तिहरुलाई पनि आमन्त्रण गरिएको संयोजक बिश्वकर्माले बताए । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप