विद्यालयमै ‘सेनेटरी प्याड’ उत्पादन
बुटवल–बजेट भाषणमार्फत सरकारले विद्यालयका छात्राहरुलाई निशुल्क सेनेटरी प्याड वितरण गर्ने घोषणा गरिरहेका बेला पश्चिम
रुकुमको मुसिकोट नगरपालिका–५ सेरीगाउँस्थित यमुना नन्द माध्यामिक विद्यालयले भने छात्राहरुलाई तालिम दिएर विद्यालयभित्रै सेनेटरी प्याड उत्पादन थालेको छ । विद्यालयले कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरुलाई प्याड बनाउन सिकाएर पहिलो चरणमा १ सय ५० थान सेनेटरी प्याड उत्पादन गरेको विद्यालयका प्याड उत्पादन फोकल पर्शन सुशीला शर्माले जानकारी दिइन् ।
कक्षा १० कि छात्रा कल्पना ओलीको अध्यक्षतामा गठित प्याड उत्पादन व्यवस्थापन समितिले प्याड बनाउन आबश्यक वस्तु खरिदका लागि छात्राहरुबाट जनही २० रुपैयाँका दरले रकम समेत संकलन गरेको प्रधानध्यापक दामोदर पौड्यालले बताए ।
सेनेटरी प्याडमा विद्यालय स्वयम आत्मानिर्भर भएपछि महिनावारी भएको बेला छात्राहरु बिद्यालयको पठन पाठनबाट बञ्चित हुन नपर्ने पौड्यालको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा