बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बस दुर्घटनामा एकको मृत्यु, ११ जना घाईते

सोमबार, २० जेठ २०७६, ०८ : ४१
सोमबार, २० जेठ २०७६

रुपन्देहीको सैनामैना नगरपालिकाको बासगढीमा हिजो साझ भएको बस दुर्घटनाका एक जना घाइतेको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँकी घाइते ११ जनाको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ ।

कपिलवस्तुको तौलिहवाबाट काठमाण्डौका लागि छुटेको लु २ ख ८३९ नम्वरको बस पुर्वपश्चिम राजमार्गको बासगढीमा हिजो साझ अनियन्त्रित भई पल्टिदा गम्भिर घाइते भएकी अर्धाखाचीको छत्रदेव गाउँपालिका स्थायी ठेगाना भई हाल बुटवल उपमहानगरपालिका वडा नम्वर ११ बस्दै आएकी ५० वर्षीया माया श्रेष्ठको मृत्यु भएको हो । 

 श्रेष्ठको लुम्विनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । घाइते ९ जनाको अवस्था सामान्य रहेपनि २ जनाको अवस्था अझै गम्भीर रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा बस चालक शिव ढकाल र नाम खुल्न नसकेका एकजना गम्भीर  घाइते भएका छन् ।

अन्य  घाइतेमा कपिलवस्तु नगरपालिका वडा नं. ११ प्रदीप चौधरी,लक्ष्मी नारायण चौधरी, सैनामैना ६ की राजकुमारी थारु, शुद्धोधन ४ की पुष्पा चौधरी घाइते, वाणगंगा ३ की बुद्ध कुमारी कुँवर, कपिलवस्तु न.पा. ११ का अशिसकर आलम, १२ का रामसेवक, रुपन्देही तिलोत्तमा ४ का पदम बहादुर थापा रहेका प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप