बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथा राष्ट्रिय निकुञ्जमा आगलागी

आइतबार, १९ जेठ २०७६, २१ : ४४
आइतबार, १९ जेठ २०७६

सोलु-सगरमाथा राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ । आइतबार बिहान ११ बजेबाट लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय नाम्चेका इञ्चार्ज प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले जानकारी दिए ।

प्रहरी निरीक्षक लिम्बुका अनुसार सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने क्याम्जुमाभन्दा २०० तलको जङ्गलमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागीबाट मानवीय क्षति नभए पनि एक वर्ग किलोमिटर जङ्गल विनास भइकेको छ । स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सगरमाथा राष्ट्रिय निकुञ्जसहितको टोलिले साँझ ६ बजेतिर आङ्शिक नियन्त्रणामा ल्याउन सफल भएको छ । आगो लाग्नुको कारण भने खुल्न सकेको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप