भगवती बहालस्थित रोकिरहेको कारमा आगजनी
आइतबार, १९ जेठ २०७६, १९ : १२

काठमाडौं महानगरपालिका–१ नक्साल भगवती बहालस्थित कारमा शनिबार दिउँसो आगजनी भएको छ ।
नक्साल भगवती वहालस्थित चौरमा विगत ८÷९ महिनादेखि नचलाईराखेको बा२च ११२९ नम्बरको तोप्ला युक्याप कम्पनीको आगजनीबाट कार जलेर पूर्णरुपमा नष्ट भएको हो ।
महानगरी प्रहरी वृत्त कमलपोखरीका प्रहरी निरीक्षक हर्क बहादुर विश्वकर्माका अनुसार आगजनीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिएको बताए ।
प्रहरी निरीक्षक विश्वकर्माका अनुसार आगो लगाउने कार्यमा संलग्न रहेको आशंकामा २ जनालाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङमा टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
-
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री
-
बाबुरामलाई प्रश्न– प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेकोमा पश्चाताप लागेको छैन ?
-
मोदीको भनाई खारेज गर्दै पाकिस्तानले भन्यो – हामी ‘आतंकवाद पीडित’
-
ट्रम्पको दाबी भारतद्वारा अस्वीकार
-
त्रिशुली नदीमा डुबेर दुई बालिका बेपत्ता