मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

गणतन्त्रमा विद्यार्थीको भूमिका कस्तो हुनुपर्छ ?

सोमबार, २३ साउन २०७४, १७ : ४९
सोमबार, २३ साउन २०७४


जुना घर्ती मगर

समाजवादी व्यवस्थाको निर्माण गर्ने वास्तविक कार्य नवयुवाले नै गर्नुपर्छ । विश्वको हरेक राजनीतिक क्रान्ति र आन्दोलनमा सबैभन्दा सक्रिय युवा विद्यार्थी नै हुन्छन् । यस्तै नेपालको क्रान्तिकारी आन्दोलनमा पनि सबैभन्दा बढी बलिदान गर्ने पुस्ता युवाविद्यार्थी नै हुन् । 


क्रान्तिकारीको अहिले २१आँै राष्ट्रिय सम्मेलन चल्दै गर्दा सिङ्गो देश नै क्रान्तिकारी विद्यार्थीमय भएको छ । काठमाडौँको मुटु भृकुटीमण्डप पनि तातिँदैछ अखिल क्रान्तिकारीको सम्मेलनले । तर सम्मेलनमा मात्र तातिने र अरु समयमा सुनसान हुनपनि पछि परेको छैन अखिल क्रान्तीकारी  । जब अधिवेशन आउछ तब  मात्र विद्यार्थी युवाहरु तात्तिने गर्छन् । अब अखिल त्रान्तिकारीका विद्यार्थीले यो पनि भुल्न सम्मेलन बाहेक अन्य दिनमा विद्यार्थीहरु तातिन आवश्यक छ । अखिल क्रान्तिकारी सहर पसेको १० वर्षसम्म शिक्षामा के भूमिका खेल्यो त ? विद्यार्थीको हकहितका लागि के–के मुद्दाहरु उठायो त ? सम्मेलनको समयमा मात्र शिक्षाको बहस उठाउँदैमा शिक्षा नीतिमा परिवर्तन आउँछ त ? राष्ट्रिय सम्मेलनबाहेक अरु समयमा पनि शिक्षाको मुद्दामा बहस उठाउँदा शिक्षा क्षेत्रमा थप परिवर्तन पनि त हुन सक्थ्यो ? 


२१आैं अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा युवा नेताहरुलाई उत्तिकै जिम्मेवारी पनि थपिँदै गएको छ । अखिल क्रान्तिकारी शिक्षाको नीतिमा जति स्पिडमा जानुपर्ने थियो त्यति गएको देखिँदैन । शहर पसेको दस वर्षसम्म अखिलले जति शिक्षा क्षेत्रमा भूमिका खेल्नुपर्ने हो त्यति भूमिका खेलेको देखिँदैन । जुन मुद्दा छन् शिक्षाको विषयमा ती मुद्दा पनि समाधान भएको पाइँदैन । विद्यार्थीको हकहितका लागि उठाउने पर्ने मुद्दाहरु पनि सेलाएरै बसेको देखिन्छ । 


पूर्वाञ्चल विश्वविद्यालय 
पूर्वाञ्चल विश्वविद्यालयलाई अहिलेसम्म पनि यस विश्वविद्यालयका समस्याहरु सामाधान भएको छैन । विद्यार्थीलाई हरेक क्षेत्रमा मारमा नै पारेको छ । समयमा रिजल्ट नआउने, इक्ज्याम रुटिङ नआउने, इक्ज्याम भनेको समयमा नहुने आदि समस्याहरु अझै पनि छ । तर व्यवस्थापन निकायतिर पहिलेको भन्दा अलि  सुधारिएको देखिन्छ । तर इन्जिनियरतर्फ हेर्दा  अहिलेसम्म सुधारिएको छैन तत्कालको समस्या हेर्दा  छैठौँ समेस्टर सकिँदासम्म पनि ४÷५औँ समेस्टरको रिजल्ट आएको छैन । अहिलेसम्म यस्ता समस्याका मुद्दाहरुलाई अगाडि बढाउन जरुरी छ । अखिल क्रान्तिकारीले पूर्वाञ्चल विश्वविद्यालयको विषयमा मुद्दाहरु नउठाएको त होइन तर यी मुद्दाले मात्र पुगेन अन्य मुद्दाहरुलाई लिएर हामी यस विश्वविद्यालयलाई अझ सहज बनाउन सकिन्छ । 

अब अखिल क्रान्तिकारीको शिक्षा क्षेत्रमा भूमिका के ?
अब अखिल क्रान्तिकारीले शिक्षामा अहम् भूमिका खेल्न आवश्यकता छ । शिक्षाबिना समाज विकासमा पनि सम्भावना छैन ।
किम इल सुङले भनेका छन्– “शिक्षा देशको भविष्य र क्रान्तिको निर्णयक तत्व हो । शिक्षाबिना कुनै पनि हालतमा समाजको विकास र देशको समृद्धि हुन सक्दैन” । 


शिक्षाविना न त क्रान्ति नै सम्भव छ न त विकास नै । अबको अखिल क्रान्तिकारीले शिक्षामा नीतिगत चेन्ज लिन आवश्यक छ । जुन शिक्षामा नीतिगत चेन्ज हुनुपर्दछ । शहरमा मात्र शिक्षा बलियो भएर भएन । शहरका विद्यार्थी मात्र शिक्षा क्षेत्रमा अगाडि भएर भएन गाउँका विद्यार्थी पनि शिक्षा र राजनीति दुवै क्षेत्रमा अगाडि आउन जरुरी छ ।   शहरको शिक्षालाई गाउँगाउँमा अखिल क्रान्तिकारीले मात्र लैजान सक्दछ । लिनुपर्छ । यो जिम्मेवारी क्रान्तिकारी को हो ।  यो नीति माओवादीको नीतिमा छ । सहरको शिक्षा गाउँमा लैजान अखिल क्रान्तिकारीले नै पहल गर्न पनि आवश्यक छ । 


माओत्सेतुङले भनेको थिए– “हाम्रो शक्तिका स्रोत जनता हुन् । जनताको भावनाको प्रतिनिधित्व गर्न सकिएन भने त्यो गतिलो कुरा हुनै सक्दैन । हामी जनताबाट सिक्नु पर्छ, त्यसबाट हाम्रा नीतिहरु सूत्रबद्ध गर्नुपर्दछ । जनतालाई शिक्षित गर्नु पर्छ । त्यसैले हामी शिक्षक बन्न चाहान्छौँ भने विद्यार्थी बन्न तयार हुनु पर्दछ ।” 


अबको नेतृत्व 
अबको क्रान्तिकारीको नेतृत्व कस्तो हुने भन्ने प्रश्न अहम् छ । सहर पसेको क्रान्तिकारी अहिले साच्चै भन्ने हो भने अस्तित्व रक्षामा छ । अहिले अस्तित्व रक्षा जोगाउनु मात्र होइन । बीच बाटोमा अलमलिएको विद्यार्थी आन्दालेलनलाई सही तरिकाले अगाडि बढाउनुपर्ने छ । 


शान्तिकालबाट सहर पसेको क्रान्तिकारी अहिले आफैलाई खोज्ने अवस्थामा पुगेको छ । सङ्ख्यात्म हिसाबले कमिटीहरु ठूला–ठूला छन् तर अहिलेसम्म पनि सन्तोषजनक काम कुनै कमिटीले गर्न सकेका छैनन् । त्यसकारण अब आउने नेतृत्वले क्रान्तिकारीले विगतमा पहिलाउन नसकेका कैयौँ काम पहिल्याउनुपर्ने छ । अहिले जसरी नेतृत्वको होडबाजी चलेको छ, त्यसले अबको क्रान्तिकारीको नेतृत्व गर्न सक्दैन । 


अबको नेतृत्वले कैयौँ वर्ष पहिला असरल्ल भएका मुद्दाहरु जम्मा गर्नुपर्ने छ । जम्मा गरेका मुद्दालाई पुन कार्यन्वयनका लागि सङ्गठनमा नयाँ सिराबाट बहस गर्न आवश्यक छ । के क्रान्तिकारी राष्ट्रिय सम्मेलनदेखि राष्ट्रिय सम्मेलनको गोलचक्करमा मात्र रमाउने हो त ? पक्कै पनि होइन । होइन भन्छौँ भने यसको समाधानको उपाय खोज्नु नै अहिलको नेतृत्वको प्रमुख कार्यभार हो । 
क्रान्तिकारीले विगतका वर्षहरुमा गरेका राम्रा कामको र नराम्रा कामको समीक्षा हुन आवश्यक छ । कुन–कुन मुद्दामा हामी चुकेका छौँ । कसरी ती मुद्दाहरुलाई पुनः विद्यार्थीमाझ स्थापित गर्ने ? 
हामीले भन्दै आएको जनवादी शिक्षाको औचित्य सकिएको हो ? अबको नेतृत्वले जवाफ दिनुपर्छ । विद्यार्थी आन्दोलनमा लागेका विद्यार्थीहरु बेपत्ता छन् । तिनका बारेमा जानकारी खोज्ने कि न खोज्ने ? शिक्षा व्यापार हो कि सेवा हो ? के यही तरिकाले सामुदायिक विद्यालयको स्तरमा सुधार हुन सक्छ । अब सामुदायिक विद्यालयको भाग्य भविष्य यस्तै छोड्ने हो ?  के अब सामुदायिक विद्यालय गरिबका छोराछोरीको गरिबी देखाउने ठाउँ मात्र बन्ने कि साच्चै शिक्षाको मेरुदण्ड बन्ने । अबको नेतृत्वले यसमा बहस गरेर आमूलरुपमा शिक्षा नितिमा परिवर्तन ल्याउन सक्नु पर्छ । ल्याउनै पर्छ ।


अब नेतृत्व लिने होडबाजीले मात्र सङ्गठन चल्दैन । अहिले पनि नेतृत्वका लागि उपाध्यक्षदेखि महासचिवसम्मका नेताहरु तमतयार छन् । उहाँहरुले हिजो आन्दोलनमा हुँदा के–के मुद्दाहरु उठाउनुभयो । शिक्षाको बारेमा उनले उठाएका मुद्दाहरुले के परिवर्तन ल्यायो, यसको जवाफ अहिले सबैले माग्नु नै पर्छ । 
एक दिन पहिला गरेको सङ्गठनको हेरफेरले के सन्देश दिन्छ ? अन्य विद्यार्थी सङ्गठनमा के यही सङ्ख्यामा केन्द्रीय सदस्य छन् । के क्रान्तिकारीको केन्द्रीय सदस्यहरु कम भएर यस्तो भएको हो । के अब २४३ जना केन्द्रीय सदस्यहरु भएपछि क्रान्तिकारी यो देशको शैक्षिक आन्दोलनलाई मात्र होइन, सरकारको नीति नियममा नै परिवर्तन ल्याउँछ ? होइन भने हामी काममा भन्दा पदमा कति आकर्षित छाँै भन्ने उदाहरण हो । 


क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलन धेरै अवसर लिएर आएको छ । यही अवसरसँगै चुनौती पनि छन् । नेतृत्वले सुझबुझका साथ काम ग¥र्यो भने यो सम्मेलन ऐतिहासिक हुने छ । यसका लागि अबको नेतृत्व विचार, नीति र सामूहिक रुपमा नेतृत्व गर्न सक्ने आउनुपर्छ । हामीले ल्याउनुपर्छ । यसका लागि आजैबाट बहस गरौँ कस्तो नीति र कस्तो नेतृत्वका बारेमा ? 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप