सरकारले विकसित र आधुनिक नेपाल निर्माण गर्न चाहेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकसित र आधुनिक नेपाल निर्माण गर्न चाहेको बताएका छन् ।
नेपाल स्काउटको प्रथम ‘राष्ट्रिय रोभर मुट’को आज पोखरामा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नयाँ नेपाल निर्माणको लागि युवाहरुको साथ र सहयोग आवश्यक रहेको बताए ।
प्रधानमन्त्री ओलीले देश विकासको यस अभियानमा युवाहरुलाई अनुशासित ढंगले सहभागी गराउनका लागि स्काउटको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
‘स्काउटले दक्षता, योग्यता, अनुशासन र देशभक्तीपूर्ण भावना भएका युवाहरु तयार गर्नुपर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘स्कउाटले युवालाई कर्मवीर र राष्ट्रप्रति बफादार बनाउनु पर्दछ ।’
नेपाल प्रतिभाशाली मानिसहरु बस्ने भूभाग भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले युवाहरुको प्रतिभा देश विकासका लागि उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
‘हामी युवाहरुलाई सक्षम बनाउनु चाह्न्छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘युवाहरुलाई भिडाएर झगडाको अखडा मात्र होइन । उनीहरुलाई सृजनशिलता र उत्पादनमा लगाएर नेपाललाई शान्तीको थलो बनाउनु पर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शहरी विकास मन्त्रालयको बजेट २७ प्रतिशत बढ्यो, यी हुन् समेटिएका आयोजना
-
बजेट कार्यान्वयनमा अर्थमन्त्री विश्वस्तः विपक्षी दलका नेताहरूले के भने ?
-
जावलाखेल पुर्याइयो रातो मच्छिन्द्रनाथको रथ, तस्बिरहरू
-
सिद्धि विक्रम शाहलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
-
यस्तो छ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आगामी वर्षको बजेट
-
राजावादीको प्रदर्शनस्थलबाट पक्राउ पर्नेको संख्या ५ पुग्यो