सीमामा २ सय ८४ सीमास्तम्भ : नेपालले जोर भारतले बिजोर बनायो
बुटवल । भारतसँग सीमा जोडिएको ५ नम्बर प्रदेशका दुई जिल्लामा नयाँ सीमास्तम्भ निर्माण गरिएको छ ।
पाँच नम्बर प्रदेशको नवलपरासीदेखि बर्दियासम्म ४ सय १८ किलोमिटर सीमास्तम्भ हेर्ने जिम्मा पाएको नेपाल–भारत सीमा सर्वेक्षण नं.३ टोलीले साढे पाँच महिना लगाएर कपिलवस्तु र रुपन्देहीको नेपाल–भारत सीमामा २ सय ८४ नयाँ सीमास्तम्भ निर्माण गरेको हो ।
जसमध्ये ७ वटा मुख्य, ६८ मध्यम र २ सय ९ वटा सामान्य सीमास्तम्भ हुन् । नेपाल–भारत सीमा सर्वेक्षण नं.३ टोलीले साढे पाँच महिना लगाएर उक्त सीमास्तम्भ निर्माण गरेको हो ।
सन् २०१८ को डिसेम्बर १५ देखि २०१९ को मे अन्तिमसम्म सीमास्तम्भ निर्माणको काम गरिएको थियो ।
यसअघि पहिलो संयुक्त बैठक २०१८ को डिसेम्बर २८ मा भारत उत्तर प्रदेशको बहराइजमा बसेर निर्माण थालिएको थियो ।
नवलपरासीदेखि बर्दियासम्म ४ सय १८ किलोमिटर क्षेत्रमा सीमास्तम्भ निर्माण र सर्वेक्षण जिम्मा पाएको नं.३ टोलीले यो वर्ष रुपन्देही र कपिलवस्तुको मात्रै सीमास्तम्भ निर्माण गरेको नेपाल–भारत सीमा सर्वेक्षण नं. ३ टोलीका प्रमुख नापी अघिकृत उमेश कुमारले रातोपाटीलाई बताए ।
सर्वेक्षण टोलीकाअनुसार रुपन्देहीको सीमामा ३ सय ५१ नयाँ सीमास्तम्भ निर्माण गर्नु पर्ने भए पनि यो वर्ष ८१ वटा मात्रै नयाँ निर्माण गरिएको छ ।
जसमध्ये ४० वटा नेपालले बनाएको हो भने ४१ वटा सीमास्तम्भ भारतले निर्माण गरेको हो । २ सय ७० सीमास्तम्भ भने बनाउन अझै बाँकी छन् ।
यस्तै, कपिलवस्तुमा २ सय ४१ निर्माण गर्नु पर्नेमा २ सय ३ वटा निर्माण गरिएको छ । यहाँ ३८ सीमास्तम्भ निर्माण गर्न बाँकी छन् भने नेपालले १ सय ३६ र भारतले ६७ वटा निर्माण गरेको छ ।
कपिलवस्तुमा १ सय ५ वटा सीमास्तम्भ नयाँ बनाइएको हो भने ३१ वटा पुरानालाई मर्मत गरी नयाँ बनाइएको हो ।
दुई देशको सहमतिअनुसार विजोर नम्बर भएको सीमास्तम्भ नेपालले निर्माण गर्नु पर्ने हुन्छ भने जोर नम्बरको भारतले निर्माण गर्नु पर्ने हुन्छ ।
यस्ता थिए समस्या
सरकारले दिएको निर्देशनअुनसार दुई देशको सहमतिमा बन्ने सीमास्तम्भहरुमा विवाद पनि आउने गर्दछ । यस्तौ विवाद आएका ठाउँहरुमा केही नगरिएको छैन ।
जस्तै नवलपरासीको सुस्तामा पिलर निमार्णको काम भएन । गतबर्ष नवलपरासीको अन्य ठाउँमा पिल्लर निर्माण गरिएपनि सुस्तामा केही नगरिएको प्रमुख उमेश कुमारले खुलाए ।
यो आर्थिक वर्ष प्रदेश ५ मा थप सीमा स्तम्भ बन्ने छैन । बाँकी काम सीमा टोलीले दाङ्ग , बांके र बदियामा अर्को वर्षदेखि थाल्नेछ ।
प्रमुख कुमालले भने, ‘हामीले पाएको म्यान्डेटअनुसार अधिकतम सीमास्तम्भ निर्माण गरेका छौं । केही अप्ठ्यारा ठाउँमा निर्माण गर्न नसकिए पनि महत्वपूर्ण स्थानमा सीमास्तम्भ निर्माण गर्न सफल भएका छौं ।’
उनले यसवर्ष जंगल, नदी, सुख्खा नदी लगायत अप्ठ्यार ठाउँमा समेत सीमास्तम्भ निर्माण गरिएको जनाए ।
‘विगतमा काम हुन नसके पनि अहिले केही नयाँ र आधुनिक तरिकाबाट सीमास्तम्भ बनाइएको छ’, उनले भने, ‘जीर्ण सीमास्तम्भलाई नयाँ तरिकाबाट सोही ठाउँमा पुनर्निर्माण गरिएको हो भने दुई देशको सहमति भएअनुसार नयाँ स्थानमा समेत सीमास्तम्भ बनाएका छौं ।’
सीमा स्तम्भमा हस्ताक्षर
सर्वेक्षण टोलीद्वारा निर्माण गरिएका सीमास्तम्भहरु भैरहवामा आयोजित दुई देशको दोस्रो संयुक्त बैठकले प्रमाणीकरण गरेको छ ।
नेपालतर्फबाट कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेल, रुपन्देहीका उदयबहादुर रानामगर, भारत सिद्धार्थनगर जिल्लाकी प्रमुख विकास अधिकारी हर्षिता माथु, बलरामपुरका सहायक विकास अधिकारी अरुणकुमार शुक्ला तथा महाराजगंजका सहायक विकास अधिकारी जस्धिर सिंहले प्रमाणीकरण गरेका हुन् ।
नापी विभागमा नापी अधिकृत भगिरथ भट्टले यस वर्ष गहिरो नदी परेको ठाउँमा भने सीमास्तम्भ निर्माण गरिएको छैन ।
सर्वेक्षण प्रमुख कुमारले अब बस्ने नेपाल–भारत सर्वे अफिसियल कमिटी (एसओसी) को संयुक्त बैठकले जुन–जुन ठाउँमा सीमास्तम्भ बनाउन निर्देशन दिन्छ, सोहीअनुसार २०२० को डिसेम्बरबाट पुनः सीमास्तम्भ निर्माण थालिने बताए ।
दुई देशका अधिकारीहरुको संयुक्त बैठकले सीमा सर्वेक्षणका क्रममा देखिएका समस्याहरुलाई समाधान गर्न माथिल्लो निकायलाई अनुरोध गर्ने सहमति गरेको छ ।
नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा सर्वे गर्न २०१५ देखि सर्वेक्षण टिम खटिएको हो । रुपन्देहीको प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले सीमास्तम्भ निमार्णको काम नियमति कार्य अन्तर्गत नै भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री
-
एसईई परीक्षामा चिट चोराउने शिक्षक र नक्कली गार्ड पक्राउ
-
दोस्रो सातामा ‘महाजात्रा’
-
संसद् अवरोध हटाउन दलहरूबिच छलफल हुन्छ : सभामुख घिमिरे
-
लिभरपुलाई महत्त्वपूर्ण उपलब्धि दिलाउने फुटबलर लोयडको निधन
-
नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रूपमा आवाज उठायौँ: सभामुख घिमिरे