शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गायिका कलाले माया गर्ने मान्छे भेटेपछि.... (भिडियो)

शनिबार, १८ जेठ २०७६, ०० : ०६
शनिबार, १८ जेठ २०७६

काठमाडौं– 
 

भा’को थियो के गरौं कता जाऔं 
जप्दै थिएँ देउता र तिम्रो नाउँ
माया भेटियौं धन्न, तिम्ले लाको गुन कहिले बिर्सन्नँ

गायिका कला लम्साल र गायक चन्द्र शर्माको स्वर रहेको लोक दोहोरी गीत ‘भेटियौ धन्न’ बोलको एक अंश हो यो । गीत बिन्ध्याबासिनी म्यूजिकमार्फत हालैमात्रै बजारमा आएको हो । 

गीतमा आफूलाई मायाँ गर्ने मान्छे भेटिएपछिको हर्स र खुसीलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।

गीतको एक ठाउँमा भनिएको छ–
के दिउँ मैले तिमीलाई उपमा
सम्झेको छु ईश्वरकै रुपमा 

यूट्यूवमार्फत रिलिज गरिएको भिडियोमा कलासँगै र शंकर बिसीले अभिनय गरेका छन् भने गीतको लय एक नारायण भण्डारीले संकलन गरेका हुन् । 

बिनोद बाजुरालीको एरेन्ज रहेको गीत मालाश्री रेकर्डिङमा रेकर्ड गरिएको हो । यस्तै शंकर बिसीकै निर्देशन रहेको म्युजिक भिडियोको छायांकन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन नविन घर्ती मगरले गरेका हुन् । 

अहिले देशदेखि विदेशसम्मका कार्यक्रममा व्यस्त कलाले यो गीत दर्शक स्रोताले अत्याधिक मन पराइदिनेमा आफू विस्वस्त रहेको प्रतिक्रिया दिइन् । 

भिडियो हेर्नुहाेस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप