भिजेको कपाल रुमालले पुस्दा किन सुक्छ ?
हामीले नुहाउँदा कपाल भिजेको हुन्छ । त्यो भिजेको कपाललाई सुख्खा पार्न हामीले रुमाल वा गम्छाले पुछ्छौं । त्यसरी पुछेपछि हाम्रो कपाल सुख्खा हुन्छ ।
तर यसरी रुमालले भिजेको कपाल पुछ्दा हाम्रो कपाल सुक्नुको रहस्य चाहिँ के होला ?
सामान्य अर्थमा भन्ने हो भने, त्यसरी कपाल पुस्दा भिजेको कपालको पानी रुमालमा सर्छ र हाम्रो कपाल सुक्छ भन्न सक्छौं । तर प्रश्न उठ्छ– कपालबाट रुमालमा पानी चाहिँ कसरी सर्छ ?
यसको उत्तर हो– केशिकाकर्षण (Capillary Attraction)। केशिकाकर्षणकै कारण भिजेको कपालबाट पानी रुमालमा सर्न जान्छ ।
अब तपाईंको मनमा प्रश्न उठ्न सक्छ– यो केशिकाकर्षण भनेकै चाहिँ के होला त ?
आउनुहोस्, यो केशिकाकर्षण भनेको के हो भन्नेबारे बुझ्न एउटा सानो प्रयोग गरौं ।
एउटा गिलासमा पानी भर्नुहोस् । अब त्यसमा शिशाको एउटा पातलो नली डुबाउनु होस् र त्यो नलीलाई ध्यानपूर्वक हेर्नुहोस् । तपाईंले गिलासको पानी त्यो डुबाइएको शिशाको नली भएर माथितिर विस्तारै सर्दै गरेको देख्नु हुनेछ । अर्थात्, गिलासको पानीलाई शिशाको नलीको भित्ताले माथितिर तान्छ । यसरी कुनै पनि वस्तुले अर्को वस्तुलाई आफूतिर तान्ने प्रक्रियालाई नै वैज्ञानिकहरुले केशिकाकर्षण भनी नामाकरण गरेका छन् ।
केशिकाकर्षण नहुँदा हो त, सुख्खा कागजले मसीलाई वा पानीलाई सोस्न सक्दैनथ्यो । लालटीनमा सलेदो भएर मट्टीतेल माथि आएर बल्न सक्दैनथ्यो । सबैभन्दा महत्वपूर्ण कुरा त के भने, रुखपातको जराबाट पानी नै पनि माथितिर सोसिएर जान सक्दैनथ्यो । केशिकाकर्षण नहुने हो भने, विश्वका अधिकांश रुखविरुवाहरु पानीको अभावमा मर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निसीखोला बस दुर्घटना : ज्यान गुमाउनेको संख्या नौ पुग्यो
-
विशेष र समपूरक अनुदानतर्फ २६ अर्ब १० करोड रुपैयाँको बजेट सिलिङ
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने
-
आज देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना, हिमाली भूभागमा हल्का हिमपात
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
निसीखोला बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो, २५ घाइतेलाई बागलुङ पठाइयो