शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय पक्राउ

शुक्रबार, १७ जेठ २०७६, १७ : ५४
शुक्रबार, १७ जेठ २०७६

रुपन्देही– प्रहरीको केन्द्रीय अनूसन्धान व्युरो (सिआइवी)ले अवैध रुपमा अवैध अन्तर्राष्ट्रिय कल वाइपास गर्ने (भीओआईपी सञ्चालन गर्ने) एक जना भारतीयलाई पक्राउ गरेको छ ।

सिआइवीको टोलीले विशेष सुचनाका आधारमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ काटागाउका मैनुद्धिन धुनियाको घरमा डेरा गरी बस्ने भारत महाराजगञ्जका खुर्सेद अन्सारीलाई भिओआइपी सञ्चालन गरेको पाइएकाले पक्राउ गरेको हो ।

सिआइवीको टोलीले अन्सारीसँगै उनको कोठाबाट ल्यापटप, चार्जर, राउटर, डिभाइस १३ वटा सिमकार्ड फिट गरेको सोह्रसिम पोटथान, र केवल तारहरु बरामद गरेको छ । अवैद्य भिओआइपी विरुद्ध सिआइवीले आफ्नो स्थापना कालदेखि १०८ स्थानमा गरेको कारवाहीमा १३० नेपाली र ३७ विदेशी गरी १६७ जनालाई पक्राउ गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप