प्रधानमन्त्री ओली दिल्लीमा
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सरिक हुन प्रधानमन्त्री केपी ओली नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री ओली बिहीबार अपरान्ह ३ बजे दिल्लीको गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडानबाट विमानस्थल अवतरण गरेका प्रधानमन्त्री ओलीलाई भारतीय विदेश मन्त्रालयका सचिव ए गितेश शर्माले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीलाई स्वागत गर्न नेपाली राजदूत निलाम्बर आचार्य र नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी समेत पुगेका थिए ।
प्रधानमन्त्री ओली बिहीबार साँझ भारतीय राष्ट्रपतिको कार्यालयमा हुने मोदीको सपथ ग्रहण समारोहमा सरिक हुनेछन् । प्रधानमन्त्री ओलीको टोलीमा प्रमुख परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र सचिव शंकरदास बैरागीसहित उच्च अधिकारीहरु रहेका छन् ।
दोश्रोपटक प्रधानमन्त्री भएयता ओलीको यो दोश्रो भारत भ्रमण हो । यसअघि ओलीले २०७४ साल चैत्रमा भारत भ्रमण गरेका थिए । ओली शुक्रबार ३ः४० मा स्वेदश फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म