प्रधानमन्त्री रोजगार कार्यक्रममा ५ अर्ब
काठमाडौं– सरकारले नयाँ बजेटमा रोजगारीलाई प्राथमिकता दिएको छ । त्यसका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममा ५ अर्ब बजेट छुट्याइएको छ ।
आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोषणा गरेका हुन् । बजेटमा स्वरोजगारीलाई व्यवस्था गर्न पुँजीको व्यवस्था गरिएको छ ।
समपुरक र विशेष योगदानमा समेत ५ अर्ब १ करोड बिनियोजन गरिएको छ । त्यस्तै श्रम तथा रोजगार क्षेत्रमा सात अर्ब १४ करोड विनियोजन भएको छ ।
यस्तै श्रम सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्ने पनि सरकारले सार्वजनिक गरेको बजेटमा उल्लेख गरिएको छ।
यस्तै वैदेशिक रोजगारीमा रहेकाले बैंकमार्फत मात्रै रेमिट्यान्स पठाउन प्रोत्साहित गरिने सरकारले जनाएको छ ।
यस्तै विदेश जान सबै लागत रोजगार दाताले नै बेहोर्नुपर्ने भएको छ । सरकारले श्रम तथा रोजगार क्षेत्रका लागि ५ अर्ब १ करोड बजेट विनियोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार