मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपालमा प्रेस स्वतन्त्रताका लागि बेलायतबाट ऐक्यबद्धता

बुधबार, १५ जेठ २०७६, ११ : ५८
बुधबार, १५ जेठ २०७६

लण्डन । प्रेस स्वतन्त्रताको लागि हाल नेपालमा भैरहेको आन्दोलन यथोचितरुपमा माग पुरा नहुन्जेलसम्म जारि रहने पत्रकार अगुवाहरुले बताएका छन् ।

 नेपाल प्रेस युनियनको २८ औं स्थापना दिवसको अबसरमा बेलायतको राजधानी लण्डनमा आयोजित एक कार्यक्रममा उनीहरुले नेपाल सरकारले आफ्नो माग सम्बोधन नगरे आन्दोलन अझ सशक्त हुने र यसलाई अन्तरास्ट्रियकरण  गरिने समेत चेतावनी दिए ।

नेपाल प्रेस युनियन बेलायत शाखाद्वारा आयोजित उक्त कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष बद्रि सिग्देलले नेपाल सरकारले हाल ल्याउन लागेको मेडिया काउन्सिल सम्बन्धि बिधेयक सम्पूर्ण पत्रकार र प्रेस विरोधि भएको र यो लागू भएमा नेपालमा पत्रकारिता गरेर बस्ने अबस्थानै  नहुने भन्दै अन्तररास्ट्रिय पत्रकार महासंघ ( आइ एफ जे ) लगायतका संस्थाले समेत बिरोध  जनाइसकेको जानकारी दिए ।

उक्त अबसरमा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव  रमेश बिष्टले सरकारले समयमै माग सम्बोधन नगरे संयुक्त राष्ट्र संघ लगायतका   अन्तररास्ट्रिय मिशन नेपाल आउनसक्ने चेतावनी दिए ।

नेपाल प्रेस युनियन बेलायत शाखाका अध्यक्ष बिपिन निरौलाको सभापतित्वमा सम्पन्न उक्त  कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका पूर्व अध्यक्ष  योगेन  क्षेत्री ,  नेपाली जनसम्पर्क समिति वेलायतका उपसभापतिद्धय सुरज केसी र कोपिला सुब्वा, प्रवक्ता खुशि लिम्बु, सह- महामन्त्री उपेन्द्र पौडेल , भुतपुर्ब गोर्खा सैनिक संघ नेसाका  अध्यक्ष केस बहादुर गुरुगं, गैरआवासीय नेपाली संघ युके महिला संयोजक लिला देवी गुरुगं, जिगेसोका महासचिव हरि कुमार मल्ल, बिपी अध्ययन प्रतिष्ठान बेलायतका संयोजक अर्जुन कटुवाल लगायतले शुभकामना मन्तव्य दिएका थिए । बेलायतस्थित स्थानीय पत्रकारहरु नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष श्याम लुईटेल  र महासचिब संजय भक्त कंडेल लगायतले नेपालमा जारि आन्दोलनप्रति एक्यबध्द्ता  जनाउदै आबश्यक परेमा अन्तररास्ट्रिय लबिङ्ग गर्न आफुहरु तयार रहेको बताए ।नेपाल प्रेस युनियन बेलायत शाखाका उपाध्यक्ष्य एभरेस्ट गौतमले स्वागत मन्तब्य र अर्का उपाध्यक्ष्य खेमराज रानाभाटले धन्यबाद ज्ञापन गरेको उक्त  कार्यक्रमको संचालन हेमन्त सेढाईले गरेका थिए ।

यसैबीच गत आइतबार नेपाल पत्रकार महासंघ बेलायतका सल्लाहकार समेत रहेका रातोपाटी  युकेका प्रतिनिधि बिपिन निरौला लगायतका समाचार संकलन गर्न गएका केहि  पत्रकारहरुलाई तमुधी युकेका एक सदस्यद्वारा  भेदभाब  र दुरब्यबहार  भएको घटनाप्रति दुख ब्यक्त गर्दै संस्थाका  मिडिया  कोर्डिनेटर रोहित गुरुङले  सो पदबाट राजीनामा दिएको समाचार प्राप्त भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप