
हजुरबुवाको निधन भएको भोलिपल्टै सैलुन पुगिन् अजय देवगनकी छोरी, भइन् ट्रोल

बलिउड सेलिब्रिटी र उनका सन्तान सधैं विभिन्न कारणले ट्रोलको शिकार हुन्छन् । अब यो सूचीमा नायक अजय देवगनकी छोरी न्यासाको नाम पनि जोडिएको छ ।
सोसल मिडियामा प्रकाशित भिडियो अनुसार न्यासा हजुरबुवाको मृत्यु भएको भोलिपल्टै अर्थात् मंगलबार मुम्बईस्थित एक सैलुनमा कपाल काट्न पुगेकी छिन् । सैलुनबाट निस्किएपछि खिचाएको फोटो र भिडियो सार्वजनिक भएपछि उनी ट्रोलको शिकार भएकी हुन् ।
उक्त तस्बिरमा उनी खैरो कार्गो पाइन्छ, सेतो टप र सेतो स्निकर्समा क्यामरालाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ ।
#nysadevgan snapped post a salon session in mumbai today!
A post shared by Manav Manglani (@manav.manglani) on
प्रयोगकर्ताले ‘हजुरबुवाको निधन भर्खरै भएको छ तरपनि कपाल काट्न हिँडिन्’ भन्दै प्रश्न गर्न थालेका छन् ।
स्मरण रहोस्, अजयका पिता एवं बलिउडका चर्चित एक्सन निर्देशक विरु देवगनको मे २७ मा निधन भएको थियो । उनको अन्तिम संस्कारमा बलिउडका विभिन्न हस्तीको पनि सहभागिता थियो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ