हजुरबुवाको निधन भएको भोलिपल्टै सैलुन पुगिन् अजय देवगनकी छोरी, भइन् ट्रोल
बुधबार, १५ जेठ २०७६, १० : ०७
बलिउड सेलिब्रिटी र उनका सन्तान सधैं विभिन्न कारणले ट्रोलको शिकार हुन्छन् । अब यो सूचीमा नायक अजय देवगनकी छोरी न्यासाको नाम पनि जोडिएको छ ।
सोसल मिडियामा प्रकाशित भिडियो अनुसार न्यासा हजुरबुवाको मृत्यु भएको भोलिपल्टै अर्थात् मंगलबार मुम्बईस्थित एक सैलुनमा कपाल काट्न पुगेकी छिन् । सैलुनबाट निस्किएपछि खिचाएको फोटो र भिडियो सार्वजनिक भएपछि उनी ट्रोलको शिकार भएकी हुन् ।
उक्त तस्बिरमा उनी खैरो कार्गो पाइन्छ, सेतो टप र सेतो स्निकर्समा क्यामरालाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ ।
प्रयोगकर्ताले ‘हजुरबुवाको निधन भर्खरै भएको छ तरपनि कपाल काट्न हिँडिन्’ भन्दै प्रश्न गर्न थालेका छन् ।



स्मरण रहोस्, अजयका पिता एवं बलिउडका चर्चित एक्सन निर्देशक विरु देवगनको मे २७ मा निधन भएको थियो । उनको अन्तिम संस्कारमा बलिउडका विभिन्न हस्तीको पनि सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण