बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानका यी व्यक्ति सिंहसँगै सुत्छन्ः तीन लाखमा किने, हरेक महिना दुई लाख खर्च

बुधबार, १५ जेठ २०७६, ०८ : ५३
बुधबार, १५ जेठ २०७६

कुकुर बिरालोलाई घरमा राख्नु साधारण कुरा हो तर पाकिस्तानको मुल्तानमा बस्ने जुल्केफ (३३) ले सिंहलाई घरमा पालेर राखेका छन् । उनी दैनिक उक्त सिंहसँग मर्निङ वाकमा निस्कन्छन् र राती सँगै सुत्छन् ।

जुल्फेकले सिंहको नाम बब्बर राखेका छन् । बब्बरका कारण जुल्केफको परिवारलाई कुनै समस्या नभएको उनी बताउँछन् । उनका अनुसार उनका दुई वर्षका छोरा पनि बब्बरसँग निकै मज्जाले खेल्छन् ।

जुल्फेकले सम्बन्धित निकायबाट सिंहलाई घरमा राख्ने अनुमती लिएको जानकारी दिए । उनका अनुसार बब्बरलाई करिब तीन लाखमा किनिएको थियो र यसलाई पाल्न हरेक महिना दुई लाखको खर्च हुन्छ । यद्यपी, उनले सिंहलाई कहाँबाट किनेको भनेर जानकारी दिन चाहेनन् ।

बब्बर दुई महिनाको हुँदादेखि आफूले पालेको उनले बताए । बब्बर करिब ६ महिनादेखि उनको परिवारमा एक सदस्यको रुपमा बसिरहेको छ । उनी बब्बरलाई कुकुर झैं इमान्दार र मायालु बनाएर मात्रै मर्ने इच्छा राख्छन् ।  

सिंहलाई घर ल्याएपछि चर्चित भएः

जुल्फेकका अनुसार सिंहलाई घरमा ल्याएपछि उनी टाढा टाढासम्म चर्चित भएका थिए । वरिपरिका बासिन्दा सिंहसँग सेल्फी लिनका लागि उनको घर आउने गरेको पनि उनले बताए । बब्बरलाई राख्नका लागि उनले छुट्टै स्थान बनाएको जानकारी दिए । उनले बब्बरका लागि छुट्टै बेडरुम पनि बनाएका छन् जसमा एसी पनि राखिएको छ ।

जुल्फेकले भने, ‘मलाई सधैं सिंहसँग लगाव थियो । बब्बरको हेरविचारका लागि मलाई कसैको पनि मद्दतको आवश्यकता पर्दैन । मलाई राम्रोसँग थाहा छ कि उसको हेरविचार कसरी गर्नुपर्छ ।’

अहिले जेल्फेकले बब्बरलाई तालिम दिइरहेका छन् । पाल्तु जनावरको जस्तो रहनसहन सिकाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप