बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गणतन्त्र दिवसमा एकताको सन्देश दिन मानव साङ्लो बनाइने

मङ्गलबार, १४ जेठ २०७६, १६ : १८
मङ्गलबार, १४ जेठ २०७६

जनकपुरधाम–प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले भव्यतापूर्वक गणतन्त्र दिवस मनाउने भएको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको सर्वपक्षीय वैठकबाट गणतन्त्र दिवसको अवसरमा दुई दिनसम्म विशेष कार्यक्रम गर्ने निर्णय गरिएको छ । 

बुधबार विहान एकताको सन्देश दिन जानकी मन्दिर क्षेत्रमा मानव सांग्लो, बनाइने छ भने सँगसँगै प्रभात फेरी, बेलुका दिप प्रज्वलन र बिहिबार चियापान कार्यक्रम गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव दीपक सुवेदीले जानकारी दिए ।

वैठकमा सुरक्षानिकायका प्रमुखहरु, जनकपुरधाम उपमहानगरपालिकाका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति धनुषाका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि, बाल क्लबका प्रतिनिधि लगायतकाहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप