एसियामा नै पहिलो पटक ‘फुड ट्रेक्स’सम्पन्न, नेपाल फुड टुरिजमको उत्कृष्ट गन्तव्य
काठमाडौं– एसियामा नै पहिलो पटक वर्लरड फुड ट्राभल एसोसिएसनको क्षेत्रीय फुड टुरिजम सम्मेलन ‘फुड ट्रेक्स’ यहि मई २४, २५ र २६ काठमाडौंमा सम्पन्न भएको छ ।
नेपाललाई फुड टुरिजमको उत्कृष्ट गन्तब्यका रुपमा परिणत गर्ने मूल उद्देश्यसहित क्षेत्रीय फुड टुरिजम सम्मेलन ‘फुड ट्रेक्स’ टु टेबल्स, यु–टर्न र सोसयल टुर्सको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
वर्लरड फुड ट्राभल एसोसिएसनका नेपालका लागि सद्भाव राजदुत सुरज प्रधानले विश्व बजारमा नेपाली खाना पर्यटनको प्रचुर सम्भावना रहेको तर नेपालको दुर्भाग्य हाम्रा खानाका परिकारहरु साथै खाना पर्यटनका आधारहरु हुँदाहँुदै पनि यसको सहि प्रचार प्रसार को अभाबले गर्दा गुणात्मक ढंगले पर्यटन क्षेत्रमा प्रयोग गर्न नसकिएको बताए ।
मई २४, २५ र २६ तिन दिनसम्म चलेको उक्त कार्यक्रम अन्तर्गत २४गते काठमाडौं फुड ट्रेलको परिकल्पना भयो । उक्त दिन नेपालमा पहिलो पटक फुड टुरको अवधारणा विकास गरि काठमाडौं वरिपरि ट्रेल बनाई घुमाइएको थियो ।
त्यसैगरी, २५ गते मिट दि सेफ नामक कार्यक्रम ठमेल स्थित हबमा आयोजना भयो जसमा विभिन्न अन्तराष्ट्रिय रुपमा काम गरिसकेका लगायत सिकारु कुकहरु मिलेर नेपाली परिकार नौलो किसिमले प्रस्तुत गरिएको थियो ।
२६ मईमा बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा फुड टुरिजम सम्मेलन सम्पन्न भयो । उक्त फुड टुरिजम समिटका प्रमुख वक्ताहरुमा वर्ल्ड फुड टुरिजम एसोसियसनका अध्यक्ष इरिक वुल्पÞm र फुड टुरिजमका विज्ञ डा. सौरभ कुमार दिक्षित रहेका थिए ।
वर्ल्ड फुड ट्राभल एसोसिएसनका कार्यकारी निर्देशक एरिक वुल्फले नेपालका खानेकुरा र यसका कथाहरुलाई विश्व खाना प्रेमीहरूको गन्तब्यको रुपमा चिनाउन सकिने र त्यो सम्भावनालाई बुझ्नका लागि मुख्य सहभागीहरू स्थानीय उद्यमीहरू अगाडि बढ्नु पर्ने बताए । नेपालका लागि खाद्य पर्यटन रणनीति अति आवश्यक रहेको हुँदा पर्यटन बोर्डसँग साझेदारीमा सहकार्य गर्न सकिने जनाए ।
ग्लोबल नेप्लिज सेफ्स फेडेरेशनले फुड ट्रेक्स समिटको दिन मौलिक खानेकुराहरुको स्टलहरु व्यवस्थापन गरेको थियो । यस फुड टुरिजमले नेपालको पर्यटनमा नौलो आयाम ल्याउन मद्धत गर्नुका साथै नेपाल सरकारले सन् २०२० मा नेपाल पर्यटन वर्ष मनाउने घोषणा गरेको परिप्रेक्षमा सहयोग पुर्याउने जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला