नायिका बिनिता बरालले अमेरिकामै गरिन् विवाह
मङ्गलबार, १४ जेठ २०७६, ०९ : ३४

डेब्यू फिल्म चपली हाइटबाट चर्चामा आएकी नायिका बिनिता बरालले विवाह गरेकी छिन् ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बिनिता र तिलक पौडेलले सोमबार अमेरिकामा विवाह गरेका हुन् । शनिबार मेहेन्दी लगाएको फोटो सार्वजनिक गर्दै बिनिताले आफूहरु २७ मे, सोमबार विवाह गर्न लागेको जानकारी दिएकी हुन् ।
फिल्मी क्षेत्रमा त्यति सफल हुन नसकेपछि बिनिता कृषक बनेकी थिइन् । उनी ‘बिनी दि ओर्गानिक फार्मिङ’ की संस्थापकसमेत हुन् ।
पछि उनी आफ्नो पढाईका लागि भन्दै अमेरिका उडेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौरीटारमा फुटबल मैदानको उद्घाटन
-
फेडका हाकिमलाई निकाल्ने कुनै आशय छैनः ट्रम्प
-
नवराज विक हत्या प्रकरण : उच्च अदालत सुर्खेतमा २६ थान पुनरावेदन निवेदनमाथि सुनुवाइ हुँदै
-
सुशासन आयोग गठनप्रति विपक्षीको टिप्पणी : सत्ता लम्ब्याउने कलाविहीन नाटक
-
तातो हावाको लहर चल्न सक्छ, सतर्कता अपनाऔँ : महाशाखा
-
बाढीले क्षतिग्रस्त खिम्ती–किर्नेटार सडक पुनर्निर्माणका लागि ठेक्का आह्वान