अजय देवगनका पिता एवं स्टन्ट दुनियाँका चर्चित नाम रहेनन्
बलिउड अभिनेता अजय देवगनका पिता एवं स्टन्ट मास्टर विरु देवगनको मुम्बईमा निधन भएको छ । विरु देवगन एक चर्चित एक्सन निर्देशक थिए र उनले थुप्रै सुपरहिट फिल्ममा स्टन्ट कोरियाग्राफ गरेका थिए ।
७७ वर्षका विरु देवगनले २७ मेमा मुम्बईमा अन्तिम सास लिए । उनी लामो समयदेखि बिरामी थिए ।
विरु देवगन अस्सीको दशकमा एक्सन र स्टन्टका दुनियाँमा चर्चित नाम थिए । त्यो समय एंग्री योंग म्यान र एक्सन फिल्मको थियो जसमा विरु देवगनले थुप्रै एक्सन दृश्यको निर्देशन गरे । उनले करिब १५० बढी फिल्ममा एक्सन र फाइट सीन कोरियोग्राफ गरेका थिए ।
उनी एक्सन निर्देशनका साथै फिल्म निर्देशन पनि गरिसकेका छन् । उनले सन् १९९९ मा रिलिज भएको फिल्म ‘हिन्दुस्तानकी कसम’ बनाएका थिए ।
घरबाट भागेर गए मुम्बईः
अमृतसरमा जन्मेका विरु देवगन १४ वर्षको उमेरमा घर छोडेर मुम्बई छिरेका थिए । उनी हिरो बन्न चाहन्थे । यसका लागि उनले निकै संघर्ष गरे र मुम्बईमा टिक्नका लागि विभिन्न काम पनि गरे ।
तर जब उनले अभिनयमा सफलता पाउन सकेनन् तब उनले एक्सन निर्देशनको रुपमा काम गर्न सुरु गरे । उनले लाल बादशाह, ईश्क, इंकार, मिस्टर नटवरलाल, क्रान्ति, हिम्मतवाला, शहंशाह, त्रिदेव, बाप नम्बरी बेटा १० नम्बरी, फूल और काँटे, आजका नयाँ अर्जुन, कयामत र खुन भरी मांगजस्ता फिल्ममा एक्सन दृश्यको निर्देशन गरे ।
अजय देवगनको ‘फूल और काँटे’ फिल्ममा दुई बाइकमा सवार हुने एक्सन सीन निकै लोकप्रिय भएको थियो ।
आफू सफल हिरो बन्न नसकेपछि उनले आफ्ना जेठो छोरा अजय देवगनलाई हिरो बनाउने निर्णय गरे ।
यद्यपी, अजय देवगनले कपिल शर्मा शोमा आफूले कहिले पनि अभिनयमा आउनेबारे नसोचेको बताए । उनले असिस्टेन्ट निर्देशकको रुपमा करियरको सुरुवात गरेका थिए । तर पिताले उनी अभिनयमा नै आउनुपर्ने बताएपछि आफूले यसबारे सोच्न सुरु गरेको उनले बताए ।
पिताको केही इच्छा र अजय देवगनको अथाह मेहनतले उनलाई फिल्मी दुनियाँका सुपरस्टार बनायो । यद्यपी, विरु देवगन आफैंले सौरभ, क्रान्ति र सिंघासनजस्ता फिल्ममा अभिनय गरेका थिए ।
विरु देवगनका दुई छोरा अजय र अनिल देवगनसहित दुई छोरी छन् । उनकी श्रीमतीको नाम विणा देवगन हो ।
उनको मृत्युको खबर सार्वजनिक भएलगत्तै सोसल मिडियामा फिल्म जगतसँग जोडिएका व्यक्तित्वले आफ्नो शोक व्यक्त गर्न थाले ।
Deeply saddened to know about the passing away of #VeeruDevgan ji. Worked with him in so many movies. He was a great action director. To him him the safety of actors and his fighters team was of utmost importance. A kind man with a great sense of humour. Om Shanti.🙏 @ajaydevgn
— Anupam Kher (@AnupamPKher) May 27, 2019
Extremely sad to hear about the demise of #VeeruDevgan, one of the finest action directors of our industry. My heartfelt condolences to @ajaydevgn and family 🙏🏻
— Akshay Kumar (@akshaykumar) May 27, 2019
#VeeruDevgan & I began our career together in the 70’s. “Make Ajay a great actor.” I remember him telling me after Ajay’s debut film became a big hit. Ajay & me finally worked together in Zakhm which won him his 1st (best actor ) national award. 🙏Adieu Partner @ajaydevgn pic.twitter.com/vWwGjEM70C
— Mahesh Bhatt (@MaheshNBhatt) May 27, 2019
Passing away of #VeeruDevgan ji is a personal loss. I remember today sequences from 'Hum Panch' & films like Amiri Ghribi, Itihas etc. in which I worked with the ace Action Director.
— Raj Babbar (@RajBabbarMP) May 27, 2019
1/2 pic.twitter.com/mDxdvrRjqP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
-
३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोल, इङ्गल्याण्डविरुद्ध नर्वे १–० ले अगाडि
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण