देशमा सवारी साधनको संख्या साढे ३५ लाख पुग्यो
सोमबार, १३ जेठ २०७६, १६ : ०९
काठमाडौं–देशमा सवारी साधनको संख्या बर्षेनी थप हुँदै गएको छ । आर्थिक वर्ष २०७५/०७६ को फागुनसम्म ३ लाख १८ हजार ४ सय ७७ नयाँ सवारी साधन थप भएको छ ।
यो सँगै देशमा सवारी साधनको संख्या ३५ लाख ३९ हजार ५ सय १९ पुगेको छ । यसमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । यसको हिस्सा ७८.६ प्रतिशत छ ।
आर्थिक वर्ष २०४६/०४७ देखि ०७४/०७५ सम्म सवारी साधनको संख्या ३२ लाख २१ हजार ४२ वटा थियो ।
चालु आर्थिक वर्षको फागुन सम्म ५ लाख ५७ हजार २ सय ९८ सवारी चालक अनुमति पत्र वितरण भएको छ । यो विद्युतीय स्मार्ट कार्ड हो । २०७५ लेखि यातायात व्यवस्था कार्यालयहरु पूर्ण रुपमा प्रदेश भौतिक विकास मन्त्रालय मातहत हस्तान्तरण गरी सवारी चालक अनुमतिपत्र लगायतका काम शुरु भएको छ, आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मतदानमा के-के गर्न पाइँदैन ?
-
उपनिर्वाचन : इलाम र बझाङका ३० जना उम्मेदवारहरूको भाग्यको फैसला आज
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव