बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उद्योगको लगानीमा  प्रदेश ३ ले सबैलाई जित्यो

सोमबार, १३ जेठ २०७६, १६ : ००
सोमबार, १३ जेठ २०७६

काठमाडौं–प्रदेश ३ मा उद्योगमा लगानीको आकर्षण देखिएको छ । प्रदेश ३ मा २०७५/०७६ फागुन सम्म १ लाख ५३ हजार ५ सय २२ उद्योग दर्ता भएका छन् । 

यसमा विदेशी लगानीका उद्योग पनि प्रदेश ३ मै छ । यस प्रदेशमा  ३ हजार ८ सय २५ वटा वैदेशिक लगानीको उद्योग दर्ता भएकोमा १६८ वटा त ठुला उद्योग छन् । त्यसपछि गण्डकी प्रदेशमा वैदेशिक लगानीको उद्योग दर्ता भएका छन् । यसमा ४०४ उद्योग दर्ता छन् । तर सबैभन्दा कम वैदेशीक लगानीका उद्योग सुदुरपश्चिम प्रदेशमा  छ । यहाँ जम्मा एक प्रतिशत मात्र वैदेशिक लगानीको उद्योग दर्ता छन् । 

यता उद्योगमा वैदेशिक लगानीको प्रतिबद्धता घट्दोक्रममा रहेको छ । २०७५/७६ को फागुनसम्म ११ अर्ब १८ करोड ६ लाख ३० हजारको लगानी प्रतिवद्धता आएको छ । जबकी अघिल्लो वर्ष ३४ अर्ब ९१ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप