मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा सबैभन्दा बढी बेरोजगार, प्रदेश ५ मा ७.४ प्रतिशतको आर्थिक वृद्धि हुने

सोमबार, १३ जेठ २०७६, १५ : ३८
सोमबार, १३ जेठ २०७६

काठमाडौं–देशको कुल ग्राहस्थ उत्पादनमा प्रदेश नं. ३ को सबैभन्दा बढी योगदान रहेको आर्थिक सर्वेक्षणले देखाएको छ ।  

देशको कुल ग्राहस्थ उत्पादन ३४ खर्ब ६४ अर्ब ३१ करोड रुपैयाँ मध्ये प्रदेश नं. ३ को मात्रै ४१.४ प्रतिशत रहेको छ । प्रदेश दुई र पाँचको योगदान भने समान रहेको छ । यीनीहरुको कुल ग्राहस्थ उत्पादनमा १३ प्रतिशत योगदान रहेको छ । प्रदेश नं. १ को १५ प्रतिशत योगदान छ । 

तर नेपालको कुल ग्राहस्थ उत्पादनको वृद्धिदर ६.८ प्रतिशत हुँदा  प्रदेशगत रुपमा सबैभन्दा बढी प्रदेश पाँचको आर्थिक बृद्धिदर हुने अनुमान गरिएको छ । यहाँको आर्थिक बृद्धिदर ७.४ प्रतिशत हुने प्रक्षेपण छ । 
नेपालको श्रमशक्ति सर्वेक्षण २०७४ अनुसार प्रदेश दुई व्यापक बेरोजगारीको चपेटामा परेको देखाएको छ । मुलुकमा ११.४ प्रतिशत बेरोजगार रहँदा प्रदेश २ मा सबैभन्दा बढी २०.१ प्रतिशत बेरोजगारी दर रहेको छ । 

कमजोर कर्णाली 
हरेक दृष्टिकोणबाट देशमा सबैभन्दा कमजोर प्रदेश कर्णाली प्रदेश देखिएको छ । यसैले अर्थतन्त्रमा कर्णालीले देशलाई राम्रो योगदान दिन सकेको छैन । कुल ग्राहस्थ उत्पादनमा कर्णालीको योगदान ३.४ प्रतिशत हुने अनुमान आर्थिक सर्वेक्षणले गरेको छ । 

कुल ग्राहस्थ उत्पादनको वृद्धिदर पनि कर्णालीमा काम छ । यस प्रदेशमा कुल ग्राहस्थ उत्पादनको बृद्धिदर ५.७ प्रतिशत रहने अनुमा गरिएको छ । बाणिज्य बैंकको पहुँचको हिसाबले कर्णली प्रदेशको ६५ स्थानीय तहमा बैक भने पुगेको छ । कर्णलीमा ७९ स्थानीय तह छन् । निक्षेप र कर्जा प्रवाहमा पनि कर्णाली प्रदेश कमजोर छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप