ओेपोः प्रिमियम सेग्मेन्टको तिब्र बृद्धिदर हात पार्ने स्मार्टफोन
काठमाडौं– गत महिना काउन्टरपोइन्ट रिसर्चले ओपोलाई सन् २०१८का लागि स्मार्टफोन ब्राण्डको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बृद्धिदर हात पार्न सफल कम्पनी घोषित गरेको छ । आश्चर्यजनक ८६३% बृद्धिका साथ कम्पनीले प्रिमियम श्रेणीमा ६% बजार हिस्सा ओगट्न सफल भएको छ ।
यस बृद्धिदरका लागि प्रमुख कारणका रुपमा कम्पनीको उत्पादन नै रहेको दावी कम्पनीले गरेको छ । अझ कम्पनी तथा समग्र स्मार्टफोन उद्योगकै लागि हाइलाइटका रुपमा ओपो फाइन्ड एक्स रहेको छ ।
पेरिसको सुन्दर ल्यूभ म्यूजियमबाट सार्वजनिक गरिएको फाइन्ड एक्सले यसमा रहेको पानोरामिक आर्क स्क्रिन र आकर्षक पप्अप् क्यामेरा र स्लिक डिजाइनका लागि विशेष वाहवाही पनि बटुलेको छ ।
फाइन्ड एक्सका साथै, ओपोको आर सिरिज र त्यसमा पनि सन् २०१८को अन्त्य तिर सार्वजनिक ओपो आर१७ प्रोका लागि प्राप्त सफलताको पनि यसमा उल्लेख्य भुमिका रहेको छ ।
फोनमा रहेको ग्राडियण्ट डिजाइन र अल्ट्रा नाइट मोड ओपो फ्यान्सका साथै ब्राण्डका नव प्रवेशी माझ समेत निकै लोकप्रिय रहन सफल भयो ।
चीनियाँ बजारमा दरिलो उपस्थितीका साथै नव प्रवेशी बजारमा समेत कम्पनीले उत्कृष्ट नतिजा निकाल्न सफल रह्यो ।
फ्रान्स, स्पेन, ईटाली र नेदरल्यान्ड्स लगायत यूरोपियली बजारमा प्रवेश गर्दै ओपोले आफ्नो बजार संख्या पहिलो पटक ४०ओटा भन्दा माथी पुर्याउन सफल भयो ।
प्रिमियम स्मार्टफोन सेग्मेन्टमा फाइभजी स्मार्ट फोनको प्रवेशसँगै दोब्बर अंकको बृद्धिदरले निरन्तरता पाइरहने काउन्टर पोइन्टको अनुमान छ ।
नयाँ ओपो रेनो सिरिजको घोषणाका साथमा आफ्नो उत्पादन पोर्टफोलियो थप बलियो बनाउने तयारीमा रहेको ओपोका लागि यसले थप सकारात्मक नतिजा निकाल्न सघाउने निश्चित छ ।
ओपो रेनोका साथमा कम्पनीले टेनएक्स हाइब्रिड जुम, स्न्यापड्रागन ८५५, पिभोट राइजिङ स्ट्रक्चरका साथमा भोक ३.० लगायत नयाँ फ्ल्यागशिप फिचर्सहरु उपलब्ध गराउने छ । साथै, स्विट्जरल्याण्डमा भर्खरै घोषणा गरे अनुसार ओपो रेनो फाइभजी भ्यारियन्ट कम्पनीकै पहिलो फाइभजी स्मार्टफोन हुनेछ ।
लामो समयदेखि निकै प्रतिक्षा गरिएको रेनो सिरिज, श्याङहाईमा १० अप्रिल र दुबईमा १६ अप्रिल पश्चात २४ अप्रिलका दिन ज्यूरिकमा आयोजित सार्वजनिक समारोह मार्फत यूरोपमा समेत सार्वजनिक भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा दुई जना मन्त्री थपिँदै
-
ललितपुरमा भीरबाट लडेको अवस्थामा एक जनाको शव फेला
-
सुप्रिम सहकारी घोटाला प्रकरण : ४ जनाको बयान जारी
-
नेविसंघको आज स्थापना दिवस : पालिकालाई बुझाइयो शैक्षिक सुधारको ज्ञापनपत्र
-
कर्णालीमा किचलो : मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा उल्झन
-
भिक्षु बन्न ३ करोड ४० लाख डलरको सम्पत्ति दान दिँदै भारतीय दम्पती