जेठ १५ गते संघीय संसदको संयुक्त बैठकः नयाँ बजेट सार्वजनिक हुने
सोमबार, १३ जेठ २०७६, १४ : १६
काठमाडौं– जेठ १५ गते संघीय संसदको संयुक्त बैठक बस्ने भएको छ । आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्नका लागि संघीय संसदको संयुक्त बैठक १५ गते ४ बजे बस्ने भएको हो ।
बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले नयाँ बजेट प्रस्तुत गर्नेछन् । त्यस्तै, सोही दिन बेलुकी ६ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्ने जनाइएको छ ।