बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जापानका नयाँ सम्राटलाई भेट्ने ट्रम्प पहिलो विदेशी नेता

सोमबार, १३ जेठ २०७६, १३ : ५२
सोमबार, १३ जेठ २०७६

टोकियो– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने पहिलो विदेशी नेता बनेका छन् । नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा सोमबार भेटवार्ता भएको जापानी अधिकारीहरुले जानकारी दिएका छन् । 

त्यसअवसरमा जापानी सेनाले ट्रम्पलाई उच्च सम्मान प्रकट गरेको थियो । त्यतिबेला ट्रम्पले कालो कोट र रातो टाई लगाएका थिए भने जापानी सम्राटले उज्यालो निलो टाई लगाएका थिए । 

भेटमा जापानी साम्राज्ञी र अमेरिकी प्रथम महिला मेलानीया ट्रम्प पनि सहभागी थिए । जापानी साम्राज्ञी मासाकोले सेतो टोपी र ज्याकेट लगाएकी थिइन् भने मेलानीयाले सेतो कपडा र अग्लो रातो हिल लगाएकी थिइन् । राजप्रासादमा दुई नेताबीच झण्डै ५० मिनेट भेटवार्ता भएको थियो । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप