चितुवाको छाला र हड्डीसहित २ जना पक्राउ
सोमबार, १३ जेठ २०७६, १३ : ३५
प्रहरीले चितुवाको छाला र हड्डीसहित २ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सोह्रखुट्टेदेखि फ्लो गर्ने क्रममा कलंकी मकालु पेट्रोल पम्प नजिकैबाट उनीहरुलाई सोह्रखुट्टे वृत्तले पक्राउ गरेको हो ।
सोह्रखुट्टे वृत्तका इन्सपेक्टर सुदर्शन देव जोशीको कमण्डमा खटिएको टोलीले आइतबार ४ बजेतिर धादिङका बालाजु बस्ने वर्ष २५ को पल बहादुर मगर र बर्दीया राजापुरका वर्ष ३० को कृष्ण चौधरीलाई चितुवाको छाला र हड्डीसहित पक्राउ गरेको हो ।
ओड्बो नामक खैरो झोलाभित्र लुकाईछिपाई बोकी हिँडिरहेको अवस्थामा वन्यजन्तु चितुवाको छाला र कंकाल हड्डीसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा