सुकेधारा बम प्रकरण : घटनास्थल नजिकैबाट मोटरसाइकल बरामद
काठमाडौं–आइतबार अपरान्ह सुकेधारास्थित ढलाने पुलमा बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।
घटनास्थल नजिकै १० मिटर टाढाबाट एक थान मोटरसाइकल बरामद भएको सोमबार संसदलाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए ।
गृहमन्त्री थापाले भने, ‘घटनास्थलबाट १० मिटर टाढा बा४७प १४७७ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल बरामद भएको छ । बाइकको साँचो र विलबुक समेत भेटिएको छ ।’
गृहमन्त्रीका अनुसार जस्ताले छाएको एक तले घरमा महोत्तरी घर भएमा जिव कुमार ठाकुरको पसल भित्रको कोठामा बम विस्फोट भएको थियो ।
घाइतेहरुमा हरि खड्का, सुरेन्द्र महर्जन, छोटु ठाकुर र एक जना नाम नखुलेका व्यक्ति रहेका छन् ।
यता, मैतिदेवि लोकमञ्जरी कार्कीकाे तीन तले घरमा भएको विस्फोटमा बझाङका प्रज्वल शाहीको मृत्यु भएको छ भने घटनामा घाइते भएका रुकुम जिल्लाका २६ वर्षीय रविन केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद