मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवजीहरुको गतिविधि अब अन्तिम–अन्तिम हुनुपर्छः प्रचण्ड

सोमबार, १३ जेठ २०७६, १२ : ३२
सोमबार, १३ जेठ २०७६

विराटनगर–नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई वटा बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्न नहुने बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने बताएका हुन् ।

‘अहिले राजनीति रुपले स्थिरता आएकै छ । एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्नु हुँदैन । बम आतङ्क फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने कुरा ठान्नु विल्कुल सही छैन,’ प्रचण्डले भने ।

अहिलोको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, जनताको चाहना, भावना, राष्ट्रको आवश्यकता बम पड्काउने नभएको भन्दै प्रचण्डले सबै मिलेर समाजवादको नयाँ ढंगले तयारी गर्नतर्फ लाग्नुपर्नेमा बताए ।

सरकारले प्रतिवन्ध लगाएको नेक्रवित्रम चन्द विप्लव समूहको पछिल्ला गतिविधि तर्फ केन्द्रीत गर्दे प्रचण्डले भने, ‘मलाई लाग्छ यो अन्तिम–अन्तिम हुनुपर्छ । उहाँहरु अन्ततः वार्तामा आउनुको विकल्प छैन शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प छैन ।’

आइतबार काठमाडौँमा विभिन्न स्थानमा भएका बम विस्पोट र सोमबारको बन्द तर्फ संकेत गर्दे प्रचण्डले हिजोका गतिविधिले विप्लवहरुले वार्ताको वातावरण तयार गरेको बताए ।

प्रचण्डले भनेका छन्, ‘बन्द इत्यादि जुन उहाँहरुले गरिरहनु भएको छ, सायद प्रकारान्तरले यो वार्ताको वातावरण बनाउनकै लागि गरिरहेको हो भन्ने मलाई लागिरहेको छ ।’

त्यस्तै प्रचण्डले वार्ताको पहल भैरहेको पनि संकेत गर्दे उनले भने, ‘सरकराबाट पहल भइरहेको होला नि, सीके राउतको पहल भइरहेको थाहा भएन एकैचोटी परिणाम आएपछि थाहा भयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप