बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी एकतामा कसैलाई ‘कम्फर्टेबल’ भएको छैन भने त्यो व्यक्तिको समस्या होः प्रचण्ड

सोमबार, १३ जेठ २०७६, १२ : २२
सोमबार, १३ जेठ २०७६

काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता असाधारण र दूरगामी महत्वको राजनीतिक परिघटना भएको बताएका छन् । उनले पार्टी एकताका विषयमा अहिले जे निर्णय भएको छ, त्यो असाधारण भएको बताए । 

उनले भने, ‘हामीले जे गरयौं, असाधारण, दूरगामी र राष्टिय मात्र होइन्, अन्तर्राष्ट्रिय जगतमै नया तरंग र वहस जन्माएको छ । कतिपयलाई पार्टी एकता गरेर विचार छोड्यौं की भन्ने लागेको छ । प्रष्ट मान्यता, राजनीतिक कार्यदिशा र  विचार सहितको एकता गरेका छौं ।’

सोमबार पेरिसडाँडामा आयोजित १७ औं कृष्ण सेन स्मृति दिवस तथा पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गदै प्रचण्डले विचारविहीन एकता र पूरानै विचारले एकता गरेको कसैलाई लागेको छ भने त्यो गलत हुने बताए । 

प्रचण्डले भने, ‘पार्टी नेतृत्व भनेको चाबी हो । हामी नेतृत्वले चाबी खोलेका छौं । यो एकतामा कसैलाई कम्फरटेबल भएको छैन भने त्यो ब्यक्तिको समस्या हो, पार्टीको होइन ।’

आफ्नै पार्टीका नेता कार्यकर्तातर्फ केन्द्रीत गर्दै प्रचण्डले समाजमा दुई थरी प्रवृत्ति रहेको भन्दै कृष्ण सेन पद र प्रतिष्ठाका लागि मरिमेट्ने व्यक्ति नभएको बताए । कार्यक्रममा तत्कालीन समय कृष्ण सेनलाई पटक–पटक पार्टी केन्द्रीय समितिमा ल्याउन प्रयास गर्दा उनले अरुका लागि पद छोडेर पनि उत्तिकै सक्रिय रुपमा पार्टी र क्रान्तिको पक्षमा खटिने गरेको स्मरण प्रचण्डले गरे ।

पार्टीभित्र विचारधारात्मक संर्घष आउँदा जहिले पनि कृष्णसेनले क्रान्तिकारी वाम कित्तामा आफूलाई उभ्याउने गरेको स्मरण गदै प्रचण्डले उनले अवसरवाद, व्यक्तिगत पद र प्रतिष्ठाका लागि कहिल्यै मरिमेट्ने काम नगरेको वताए ।

अहिले पार्टीमा सवैलाई केन्द्रीय सदस्य, पोलिटब्यूरो चाहिने जस्तो लोभी चरित्र देखिएको भन्दै प्रचण्डले सेनको त्यागवाट सिक्नुपर्ने पनि बताए । 

पत्रकारका रुपमा सेन स्मरण गर्दै प्रचण्डले भने, ‘पत्रकारको रुपमा निर्भिकता, निष्ठाका साथ वर्गीय पक्षधरतामा खरो रुपमा उभिएको ताजा रुपमा म सेनलाई स्मरण गर्छु । भट्टेडाँडा घटनापछि जनादेशमा वनाइएको समाचार होस् वा अन्य राजनीतिक जनमत निर्माणमा उहाँको कलम तिखो रुपमा कुशलता र क्षमताका साथ चल्थ्यो । उहाँका कविता, साहित्य, संस्मरण वर्ग दुश्मनका लागि तिर जस्तो वनेर जाने र श्रमिक वर्गका लागि पारदर्शी र निष्ठाका साथ जनमत वनाउने खालका हुन्थ्यो । म सनेलाई यो रुपमा पनि स्मरण गर्छु ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले पत्रकार तथा लेखक सूर्य थापालाई ५० हजार नगदसहितको ‘कृष्णसेन स्मृति पत्रकारिता पुरस्कार’ र पत्रकार चन्द्रमान श्रेष्ठलाई २५ हजार नगदसहित ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरेका थिए । 

सोही कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संसदमा पेश गरिएका सबै विधेयक संविधान र अन्तराष्ट्रिय मान्यता विपरित हुने गरी नल्याएको दावी गरे । 
उनले संचार क्षेत्रको समृद्धि हुने गरी आएको मिडिया काउन्सिल सम्बन्धि विधेयकलाई विरोध गर्नेहरु एनजीओ र आईजीओबाट परिचालित भएको आरोप पनि लगाए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप