टिकटक सेलिब्रिटीको हत्यामा १७ वर्षे किशोर पक्राउ
दिल्ली पुलिसले शुक्रबार टिकटक सेलिब्रिटी एवं जिम प्रशिक्षक मोही मोरको हत्यामा संलग्न भएको आरोपमा एक किशोरलाई पक्राउ गरेको छ ।
१७ वर्षीय आरोपीलाई द्वारका नजिकै पक्राउ गरिएको हो । पुलिसका अनुसार किशोर आरोपीको पहिचान कल डिटेल रकेर्डमार्फत् गरिएको हो । उनी १४ मेमा हत्या अघि २७ वर्षे जिम प्रशिक्षकलाई फोन गर्ने पहिलो व्यक्ति थिए ।
एक वरिष्ठ पुलिस अधिकारीले आइएएनएसँगको कुराकानीमा भने, ‘अनुसन्धानमा किशोर र मोहितबीच जिममा झगडा भएको पत्ता लाग्यो । त्यतिबेला जिम प्रशिक्षकले किशोरलाई अन्य दुई मानिसको अघिल्तिर कुटेका थिए । रिसमा किशोरले मोहितलाई हत्या गरिदिने योजना बनाए । उनले हत्यामा आफ्ना दुई साथीको मद्दत लिए ।’
किशोरले दिएको बयान उद्धृत गर्दै पुलिसले भने, ‘किशोरले मोहितलाई फोनमा उनी भएको स्थान सोधे । मोहितले आफू एक पसलमा भएको जानकारी दिए । किशोर आफ्ना दुई साथीसँग पसल पुगे र अन्धाधुन्ध गोली हाने । मोरको घटनास्थलमा नै मृत्यु भयो ।’
टिकटक सेलिब्रिटी जिम ट्रेनरको गोली हानी हत्या
अन्य दुई आरोपीको खोजी भइरहेको पुलिसले जानकारी दिएको छ ।
टिकटकमा मोहितका पाँच लाख फलोअर्स छन् । उनी टिकटकमा थुप्रै भिडियो बनाएर हाल्ने गर्दथे । इन्स्टाग्राममा उनका तीन हजार फलोअर थिए । उनी फोटो–सेयरिङ एपमा फिटनेस भिडियो हाल्ने गर्दथे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै