शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

करण जोहरमाथि कंगनाकी दिदीको निशाना, लगाइन् यस्तो आपत्तिजनक आरोप

सोमबार, १३ जेठ २०७६, ०८ : ५६
सोमबार, १३ जेठ २०७६

कंगना रनौत र करण जोहरबीचको लडाईं जगजाहिर छ । कंगना रनौतले करण जोहरलाई फिल्मी उद्योगमा भाइभतिजावाद फैलाउने मुभी माफिया भनेकी थिइन् । अब कंगनाकी बहिनी रंगोली चन्देले एकपछि अर्को गर्दै करण जोहरमाथि निशाना साँधेकी छिन् ।

विवादित फिल्म समिक्षक कमाल आर खानले ट्वीट गरे, ‘मैले स्रोतमार्फत् पाएको जानकारी अनुसार करण जोहरले इशान खट्टरलाई धर्मा प्रोडक्सनबाट निकालिदिएका छन् । इशान करणसँग गलत तरिकाले कुरा गरिरहेका थिए । अब इशान धर्माको कुनै पनि फिल्मको हिस्सा बन्ने छैनन् ।’

रंगोलीले यो ट्वीटको जवाफमा लेखिन्, ‘करण जहोर ती कलाकारको कमाईको ठूलो हिस्सा लिन्छन् जसलाई उनले लञ्च गर्छन् । यसबाहेक कलाकारले के लगाउने कोसँग सुत्ने भन्ने पनि उनैले निर्धारण गर्छन् ।’

यसरी हुन्छ ब्रेकअप र प्याचअपः

रंगोली आफ्नो ट्वीटमा लेख्छिन्, ‘मलाई थाहा छ कि हलिउड प्रोडक्सन हाउस यस्तो गर्छन् तर आफ्नो ब्रान्ड प्रोपोगान्डाका अनुसार ब्रेकअप र प्याचअप कुनै पनि आत्मसम्मान भएका व्यक्तिलाई स्विकार्य हुनेछैन ।’

रंगोली आफ्नो ट्वीटमा थप्छिन्, ‘करियर लागोस् पाखा, मनको शान्ति धेरै महत्वपूर्ण हुन्छ । आफ्नै नजरमा गिर्नेछौ । दुई चार पैसा त कमाउँछौ होला तर वास्तवमा केही बन्न सक्नेछैनौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप