शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाडोको मृत्यु भएपछि डाक्टरको हत्या, दुईजना पक्राउ

सोमबार, १३ जेठ २०७६, ०८ : २८
सोमबार, १३ जेठ २०७६

उत्तर प्रदेशको आजमगढ जिल्लामा गत फेब्रुअरी २० तारिखमा अज्ञात समुहले एक पशु चिकित्सको गोली हानी हत्या गरेका थिए । यसबारे एक अचम्मित गरिदिने खुलासा भएको छ ।

पुलिसका अनुसार करेन्ट लागेको पाडोको उपचार राम्रोसँग नगरेका कारण ५९ वर्षे डाक्टर ओमनाथको हत्या गरिएको थियो । आजमगढ पुलिसले दुई अभियुक्तलाई पक्राउ गरेपछि यसबारे खुलासा भएको छ । अन्य दुईको अहिले पनि खोजी जारी छ ।

जिल्लाको मेंहनगर दौलताबादमा होम्योप्याथिक पशु औषधालय चलाउने ५९ वर्षीय ओमनाथ पाण्डेयलाई गोली हानी हत्या गरिएको थियो ।

पुलिसले विश्वेश्वरनाथ र अवधेशलाई पक्राउ गरेपछि यसको कारण पत्ता लागेको हो । आरोपीबाट पाएको बयानबारे जानकारी दिँदै पुलिसले भन्यो, ‘ललई नामका एक व्यक्तिको पाडोलाई करेन्ट लागेका कारण नराम्रोसँग घाइते भएको थियो । उपचारमा ओमनाथ पाण्डेय संलग्न थिए तर उनले पाडोलाई बचाउन सकेनन् । यसैकारण ललई यादव र डाक्टर ओमनाथबीच भनाभनका साथै मुक्कामुक्की पनि भयो । यसको बदला लिनका लागि ललई यादवले आफ्ना साथीसँग मिलेर डाक्टरको गोली हानी हत्या गरिदिए । ’

एसपी त्रिवेणी सिंहले अन्य दुई अभियुक्तलाई पनि चाँडै नै पक्राउ गरिने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप