बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

छोरी परीक्षार्थी, बाबु परीक्षा नियन्त्रक

सोमबार, १३ जेठ २०७६, ०७ : ३७
सोमबार, १३ जेठ २०७६

 छोरी परीक्षार्थी रहेको परीक्षामा शिक्षामन्त्रीलाई ढाँटेर राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रकका रूपमा कृष्ण शर्मा सहभागी भएको पाइएको छ । कान्तिपुरले गरेको खोजीमा उनी बदनियतपूर्ण तरिकाले परीक्षामा सहभागी भएको भेटिएको हो ।

स्रोतका अनुसार परीक्षाका दिन बिदा बसेका उनी प्रश्नपत्र बनाउन र उत्तरपुस्तिका परीक्षणमा भने संलग्न रहेको पुष्टि हुन्छ ।  बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल, सदस्यसचिव दुर्गाप्रसाद अर्याल र शर्माले मिलेमतो गरी शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई समेत यस विषयमा झुक्याउन सफल भए । 

शर्माकी छोरी ललितपुरको प्रसादी एकेडेमीबाट कक्षा १२ को परीक्षामा सहभागी हुँदै थिइन् ।  बुवा नियन्त्रक थिए । उनी प्रश्नपत्र छपाइमा संलग्न रहेको भन्दै बोर्डकै कर्मचारीहरूले असन्तुष्टि जनाएका थिए ।  उक्त कुरा सञ्चारमाध्यम हुँदै शिक्षामन्त्रीसम्म पुग्यो । मन्त्रीले चासो देखाए ।  परीक्षा सुरु हुनु २ दिनअघि शर्माले बिदा बस्ने निवेदन दर्ता गराए । 

शर्मालाई जिम्मेवारीबाट हटाउने निर्णय भयो। नियन्त्रक शर्मालाई परीक्षाबाट हटाइएको जानकारी मन्त्रीलाई दिइयो। तर शर्मा मन्त्रीलाई समेत झुक्याएर मर्यादाविपरीत परीक्षाका काममा पटकरपटक सहभागी हुँदै आएका छन् । 

परीक्षाको आचारसंहिता र मर्यादाअनुसार छोराछोरी वा नातागोताका कोही परीक्षामा सम्मिलित हुने भए जिम्मेवारीमा बस्न पाइँदैन । यो समाचार आजको कान्तिपुर दैनिकमा  सुदीप कैनीले लेखेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप