मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव समूह बदलाको मनस्थितिमा

सोमबार, १३ जेठ २०७६, ०६ : ४९
सोमबार, १३ जेठ २०७६

आफ्ना नेता तथा कार्यकर्तालाई राज्यले छानीछानी पक्राउ गरेको भन्दै प्रतिवन्धित बिप्लव समूहका कार्यकर्ताले राजधानीलाई आतंकित बनाउन थालेका छन । आईतबार उनीहरुले बिभिन्न ठाउंमा बिष्फोट मात्र गराएनन् जनजीवन आतंकित बनाउन ठाउं ठाउंमा बम समेत राखे ।

प्रहरीले बलम्वु, ललितपुरको ग्वार्खो र लगनखेलमा समेत शंकास्पद बस्तु फेला पारेको छ । ती शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोज टोलीले नियन्त्रणमा लिएको छ ।

राजधानीका दर्जनभन्दा बढी ठाउंमा बम राख्नुका साथै जनजीवन आतंकित बनाएपछि सुरक्षा निकायले राजधानीको सुरक्षा ब्यवस्था कडा बनाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।

उनीहरु बिरुद्धको कारवाहीलाई तीव्रता दिने क्रममा एक दर्जन भन्दा बढी बिप्लव समुहका कार्यकर्ता पक्राउ परेको  उनले बताए   । 

यता सशस्त्र प्रहरी बलले पनि बिप्लव समुहका कार्यकर्तालाई हतियार तथा बिष्फोटक पदार्थ सहित पक्राउ गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप